योजना तर्जुमा र स्थानीय तहको समाचार लेखन तालिम सकियो

  सरिता राई  91 पटक हेरिएको

माङसेबुङ :  इलामको माङसेबुङ गाउँपालिका ३ स्थित चतुरेमा संचालित योजना तर्जुमा र स्थानीय तहको समाचार लेखन तालिम सकिएको छ ।

माङसेबुङ गाउँपालिकाको सहयोगमा बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिको आयोजनामा संचालित तीन दिने तामिम सकिएको हो ।

तालिममा माङसेबुङका विभिन्न संचारमाध्यममा आवद्ध र यसअघि आधारभूच पत्रकारिता लिएका १५ जनाको सहभागिता रहेको थियो ।

तालिममा स्थानीय तहमा योजना तर्जुमाका चरण र प्रक्रिया तथा स्थानीय तहको समाचारका विभिन्न विषयवस्तुका विषयमा छलफल भएको थियो ।

तामिमका सहभागीहरुलाई नेपाल पत्रकार महासंघ इलामका सचिव एवम् नागरिक दैनिकका पत्रकार भीम चापागाई र नेपाल पत्रकार महासंघ इलामका कोषाध्यक्ष एवम् सौर्य दैनिकका पत्रकार राम योङहाङले सहजीकरण गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार