पाँचथरका स्थानीयतहको वित्तीय सुशासन जोखिम मुल्याङ्कन नतिजा सार्वजानिक (यस्तो छ तथ्याङ्क)

  युद्धबहादुर बोहोरा
133 Shares

पाँचथरः   पाँचथर जिल्लाका स्थानीयतहको वित्तीय सुशासन जोखिम मुल्याङ्कन अन्तिम नतिजा सार्वजानिक भएको छ ।

आर्थिक वर्ष २०७७/०७८ को पालिकाले तयार गरेको प्रारम्भिक नतिजाका आधारमा दावी गरेर पठाएका अंकलाई जिल्ला समन्वय समितिले प्रमाणित गरे पश्चात २०७९ बैशाख ८ गतेको निर्णय अनुसार अन्तिम नतिजा प्रकाशित गरेको हो ।

सार्वजानिक उक्त नतिजा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसहित जिल्लाका सबै स्थानीय तह र १ नम्बर प्रदेश प्रशिक्षण केन्द्रमा जानकारी गराइएको जिल्ला समन्वय अधिकारी अनिल तिखत्रीले जानकारी दिए ।

समन्वय समितिले प्रकाशित गरेको नतिजा अनुसार आठ स्थानीयतह मध्ये कुम्मायक गाउँपालिकाले सबैभन्दा काम र फिदिम नगरपालिकाले सबैभन्दा धेरै अंक प्राप्त गरेको जनाइएको छ ।

वित्तीय सुशासन अभिबृद्धि गर्नका लागि स्थानीयतहको वित्तीय प्रणाली व्यवस्थित,पारदर्शी,विधिसम्मत् र प्रभावकारी बनाउन तथा वित्त व्यवस्थापनका सम्भावित जोखिम क्षेत्रहरुको पहिचान र यसको लेखाजोखा गर्ने उदेश्यले नेपाल सरकारले वित्तीय सुशासन मूल्यांकन कार्यविधि जारी गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार