इलाम नगरपालिका, नगर कार्यपालिकाको कार्यालय इलामको
मिति २०७९।३।५ को सूचना
यस कार्यालयअन्तर्गत व्यवसाय कर, खानेपानी सेवा शुल्क, सरसफाइ सेवा शुल्क, सम्पत्तिकर, मालपोत, बहाल बिटौरी लगायतका राजश्व तथा बाँकी बक्यौता असुली र पे.फ. तथा बे.फ. को कार्य भइरहेको हुँदा आफ्नो नामको राजश्व तथा बाँकी बक्यौता समयमै दाखिला गरी सहयोग गर्न हुन अनुरोध छ । २०७९ असार मसान्तसम्ममा चालु वर्षको राजश्व दाखिला नगरेमा आगामी आ.ब. मा नियमानुसार जरिवाना लाग्ने व्यहोरा समेत अनुरोध छ ।