इलाम : तेस्रो मुलकका पर्यटकको आकर्षण रहेको इलामको सन्दकपूरबाट पाँचथर फालोट जोड्ने पर्यटकीय पदमार्ग अभाव छ । नेपाल भारत सीमा क्षेत्रमा रहेको सन्दकपूर फालोट क्षेत्रमा भारतपट्टी सडक नै निर्माण भएपनि नेपालपट्टि पदमार्ग समेत बन्न नसकेको हो । सन्दकपूर फालोट पदयात्रा गर्दा नेपाली पर्यटकले पनि भारतीय सडक प्रयोग गर्नुपर्ने बाध्यता छ ।
प्रदेश एकको प्रमुख पर्यटकीय क्षेत्र सन्दकपूर पुग्ने ५० प्रतिशत पर्यटकले फालोटको पदयात्रा गर्दै आएका छन् । तर पर्यटकका लागि पदयात्रा गर्ने पदमार्ग, आवाश गृहको अभाव हुँदा पर्यटकहरुले समस्या भोग्दै आएका हुन् । नेपालबाटै पदमार्ग नहुँदा नेपाल भएर तेस्रो मुलुकका पर्यटकहरु सन्दकपूरबाट फालोटसम्म यात्रा गर्न सकेका सक्दैनन् । जसका कारण यहाँको पदयात्राका लागि भारत भएर तेस्रो मुलकका पर्यटक आउने गरेका छन् ।
हजारौ पर्यटकहरु भारत भएर आउने र नेपालबाट पनि प्रचारप्रसारको काम भएका छन् । तर पर्यटकीय पूर्वाधारको अभाव रहेको पर्यटनकर्मी डिल्ली केरुङले बताए । पर्यटकको आकर्षण बढेपछि सन्दकपूर फालोट क्षेत्रमा पर्यटकको बासस्थानका लागि अहिले गोठस्टेको अवधारण ल्याइएको छ ।
चौरीका गोठको सुधार गरी पर्यटक बस्ने व्यवस्था गरिँदै आइएको हो । ५ वर्ष अघिसम्म भारत भएर मात्रै पर्यटक पुग्दै आएपनि अहिले आन्तरिक पर्यटकको बाक्लो उपस्थिति हुँदै गएको छ । पर्यटन प्रवद्र्धनका लागि स्थानीय संघसंस्थाले अभियान चलाएपछि पर्यटकहरुको आकर्षण बढेको हो । यहाँ पुग्ने पर्यटकहरुलाई स्थानीय क्षेत्रमा उत्पादनका परिकारहरुको स्वादमा रमाउन सकिन्छ । पर्यटकको आवतजावत बढेपछि फालेलुङ ४ को चाररातेमा आवश गृह निर्माणको काम गरिँदै आइको छ । सन्दकपूर फालोट पदयात्राका क्रममा हिमाली दृश्य र नेपाल भारतका ग्रामीण बस्तिको अवलोकन गर्न सकिन्छ ।