पाँचथरमा ‘बहुक्षेत्रीय पोषण योजना दोस्रो’को अवस्था अवलोकन

  युद्धबहादुर बोहोरा
182 Shares

पाँचथरः प्रदेश नम्बर १ योजना आयोगको टोलीले पाँचथरको बहुक्षेत्रीय पोषण योजना कार्यक्रमको  अवस्था अवलोकन गरेको छ ।

पाँचथरसहित खोटाङ र उदयपुरमा संचालन भएका पूर्ण प्याकेज योजनाका जिल्लाको अवस्था बुझ्न शुरु गरेको हो । यसैबीच प्रदेश १ का योजना आयोग माननिय सदस्य डा.ज्ञानेन्द्र बहादुर कार्कीको नेतृत्वमा शनिबार फाल्गुनन्दमा बहुक्षेत्रीय पोषण योजना दोस्रो कार्यक्रमको अवस्था र आगामी कार्यक्रमका लागि अन्तरक्रिया सम्पन्न भएको छ ।

पालिका अध्यक्ष बृजहाङ आङ्देम्बेको अध्यक्षतामा प्रमुख अतिथि कार्कीको प्रमुख आतिथ्यतामा पालिकाको कार्यालय घुर्बिसे पञ्चमीमा एक दिने अन्तरक्रियात्मक छलफल तथा प्रशिक्षण समेत गराइएको बहुक्षेत्रीय पोषण योजना कार्यक्रम फाल्गुनन्द गाउँपालिकाका संयोजक गोपाल घिमिरेले जानकारी दिए ।

अन्तरक्रिया तथा छलफलमा यस परियोजनाका प्रदेश नम्बर १ संयोजक सन्जीव लामाले कार्यक्रमको औचित्य सहितको प्रस्तुतीकरण गरेका थिए भने कार्यक्रमका पालिका संयोजक घिमिरेले परियोजना अन्तर्गत शासकिय प्रबन्ध,महिला तथा बालबालिका,स्वास्थ्य,शिक्षा,खानेपानी तथा सरसफाई क्षेत्र,कृषि विकाश र पशुपन्छी विकास शाखामा गरिएका क्रियाकलापको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

योजना आयोगका सदस्य प्रकाश राई,पोषण विज्ञ शान्ति पाख्रिन,पुन्य दुलाल,हेलभिटास नेपालका प्रतिनिधि राम कुमार कर्ण  ,योजना आयोज अधिकृत शिवकुमार नेपाल र शक्तिराज रेग्मी, पालिका उपाध्यक्ष ठाकुर नेम्बाङ र प्रशासकिय अधिकृत निर्मल तुम्रोकको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि कार्कीले पोषणसंग जोडिएको गरीबी निवारणलाई न्यूनिकरण गर्न कृषि क्षेत्रलाई प्रथामिकता दिंदै स्थानीय स्तरमा उत्पादित पोषणयुक्त कृषि सामाग्री हरेक विद्यालयका विद्यार्थीलाई खुवाउने र जङ्कफूडलाई हतोत्साहित गर्न सके सरकारले लिएको पोषण मैत्री स्थानीयतहको लक्ष्यमा पुग्न सकिने बताए ।

पालिकाको तर्फबाट अध्यक्ष आङ्देम्वे,उपाध्यक्ष नेम्बाङ र प्रमुख प्रशासकिय अधिकृत तुम्रोकले विगतदेखि यस पालिकामा संचालित पोषण कार्यक्रमलाई आगामी नीति तथा कार्यक्रममा निरन्तरता दिइने र सरकारले राखेको उदेश्य अनुसारको निर्देशनलाई पालिकाको सबै शाखाहरुको सहकार्यमा क्रियाकलाप संचालन गरिने प्रतिवद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा वडा नम्बर ५ का अध्यक्ष बिष्णुकुमार चेम्जोङ,कार्यपालिका सदस्य बिमला लिम्बु,योजना आयोगका कर्मचारी भगवती लम्साल,सामी परियोजना प्रतिनिधि छोमाया तामाङ,पोषण स्वयंसेवक सुमित्रा तामाङ,फाल्गुनन्द प्रशासन शाखा प्रमुख निर्मल अधिकारी,पालिकाका विभिन्न शाखाका प्रमुख तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।

नेपाल सरकारले २०८७ सालसम्म पोषण मैत्री स्थानीयतह घोषणा गरि मध्यमस्तरको आय भएको मुलुकमा रुपान्तरण हुने सोच राखेसंगै उक्त उदेश्य हाँसिल गर्न महिला बालबालिकाको पोषणकोस्थिति सुधार गर्नु अपरिहार्य ठानेको छ । यसैबीच बहुक्षेत्रीय पोषण योजना दोस्रोको प्रभावकारी कार्यान्वयनले सहयोग पुर्याउने अपेक्षासहित पोषणको अवस्था नाजुक भएका जिल्ला छनौट गरि कार्यक्रम संचालन गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार