जिल्ला समन्‍वय समिति इलामकाे प्रमुखमा एमालेका जयप्रकाश राई विजयी

  नयाँ बुलन्द  480 पटक हेरिएको

इलाम :  पूर्व प्रधानमन्त्री झलनाथ खनाल र नेकपा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्बाङको गृह जिल्ला इलामको जिल्ला समन्वय समितिमा नेकपा एमालेका जय प्रकाश राई  विजयी भएका छन् ।

जिल्ला समन्वय समिति इलामको आज सम्पन्न निर्वाचनमा नेकपा एमाले र नेकपा एकिकृत समाजवादी (एस) काे गठबन्धन थियाे । निर्वाचनबाट गठबन्धनका प्यानलै विजयी भएका हुन् ।

प्रमुख राईसँगै उपप्रमुखमा एकीकृत समाजवादी पार्टीका चित्रकला बराईली विजयी भइकी छिन् । सदस्यहरुमा एमालेका मिनाकुमारी राई, सीता कार्की क्षेत्री, प्रेमराज गुरुङ, रामप्रसाद लिम्बू र शेरबहादुर राई विजयी भएका छन् भने एसका सपना देवी राई र तृष्णा राई निर्वाचित भएका छन् ।

१० स्थानीय तहबाट २० जना प्रमुख उपप्रमुखहरु मध्ये १० एमाले, नेपाली कांग्रेस ७, एस २ र जसपा १ छ । गठबन्धन सबै एकातिर र एमाले एक्लै हुँदा मत बराबर हुने थियो । एमालेले एस र जसपासँग गठबन्धन गरेपछि गठबन्धनको मत १३ र कांग्रेसको ७ मत थियो । तर, मतदान हुँदा उपप्रमुख र दुई सदस्यलाई मात्र गठबन्धनको सबै मत खसेकोे थियो ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार