पाँचथरमा माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिलाई अनेरास्ववियु क्रान्तिकारीद्वारा सम्मान

  युद्धबहादुर बोहोरा
385 Shares

पाँचथरः पाँचथरमा माओवादी केन्द्रबाट स्थानीयतहको दोस्रो निर्वाचनमा  निर्वाचित जनप्रतिनिधिलाई अनेरास्ववियु क्रान्तिकारीद्वारा सम्मान गरिएको छ ।

अनेरास्ववियु (क्रान्तीकारी) का जिल्ला अध्यक्ष विकास केरुङको अध्यक्षतामा प्रदेश १ का सांसद तथा नेकपा माओवादी केन्द्रका केन्दिय सदस्य सीता थेवेको प्रमुख आतिथ्यमा बधाइ तथा सम्मान कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमा पार्टीबाट निर्वाचित जिल्ला समन्वय समितिका उपप्रमुख यामकुमार आडवो,मिक्लाजुङ गाउँपालिका अध्यक्ष अमरराज माखिम,फिदिम नगरपालिका उपप्रमुख राधाकृष्ण न्यौपाने,फालेलुङ गाउँपालिका उपाध्यक्ष महेन्द्र जवेगु, कुम्मायक गाउँपालिका उपाध्यक्ष महेन्द्र खड़कासहित ४ जना उपाध्यक्ष,१२ जना वडाध्यक्ष,५६ जना वडा सदस्यसहित जम्मा ७४ जनालाई सम्मान गरिएको जिल्ला सचिव रोशन न्यौपानेले जानकारी दिए ।

पार्टीका लेखा आयोग केन्द्रिय सदस्य नरबहादुर दुलालको विशिष्ट आतिथ्यता रहेको उक्त कार्यक्रममा प्रदेश कमिटी सदस्य दिनेश लावती,जिल्ला अध्यक्ष होम जवेगु,अनेरास्ववियु(क्रान्तिकारी) का केन्द्रिय सदस्यद्वय चन्द्र माडमु,सुर्य वेघा,पार्टीका नेता विशाल रसाइली लगायतका वक्ताहरुले कार्य सफलताको कामना साथ बधाइ दिएका छन् । शुभकामना मन्तव्यमा उनीहरुले जनताको इच्छा,चाहना र आवश्यकता अनुसार काम गर्न बताएका छन् । निर्वाचित जनप्रतिनिधि शासक नभइ सेवक भएर काम गर्न पनि सुझाव दिंदै यस अघि माओवादीले जितेको  नेपाल कै उत्कृष्ट पालिका बन्न सकेको उदाहरण प्रस्तुत गर्दै नवनिर्वाचित जनप्रतिनिधिको तर्फबाट मिक्लाजुङ गाउँपालिका अध्यक्ष माखिमले जनचाहना अनुसार काम गरेर पहिलो कार्यकालमा नेपालका उत्कृष्ट १० भित्र पालिका पर्न सफल भएको अनुभव सुनाए । आगामी दिनमा थप राम्रा काम गरेर देखाउने साथै  सबैले फरक र नवीन कार्यको खोजीमा लाग्न समेत जनप्रतिनिधिको ध्यान केन्द्रित गराएका छन् ।

कार्यक्रममा अनेरास्ववियु(क्रान्तीकारी) का जिल्ला सचिव न्यौपानेले जनप्रतिनिधिका छोराछोरी ,सरकारी विद्यालयका शिक्षक शिक्षिकाका छोराछोरीलाई सरकारी विद्यालयमा पढाउने नीति बनाइ कडाइका साथ लागु गर्न पनि जनप्रतिनिधीहरु समक्ष अनुरोध गरे। वालवालिकालाई विद्यालयमा जजङफुड खान कडाइ गरि क्यान्टीन मार्फत पोषणयुक्त दिवाखाजा खुवाउने सबै विद्यालयलाई वातावरण तय गर्नुपर्ने सल्लाद दिए

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार