फेरि बढ्यो नेपालमा कोरोना

  नयाँ बुलन्द
28 Shares

काठमाडौं । नेपालमा फेरि कोरोनाको संक्रमण बढेको छ । पछिल्लो २४ घण्टामा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६१० जनाको नमूना परीक्षण गर्दा ३४ जनामा संक्रमण पुष्टि भएको हो ।

पीसीआरबाट २४ तथा एन्टिजेनबाट १० जना संक्रमित पाइएका हुन् । सोही समयमा १५ जना संक्रमण मुक्त भएका छन् । शुक्रबार थपिएकासँगै नेपालमा हाल कोरोनाका १०४ जना संक्रिय संक्रमित रहेका छन् ।

जसमा काठमाडौंमा मात्रै ३१ जना रहेका छन् । त्यस्तै १० जना ललितपुरमा तथा १ जना भक्तपुरमा सक्रिय संक्रमित रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक लाख ५२ हजार ३३७ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार