पैंयौबोटेका ६० विद्यार्थीलाई विद्यालय पोसाक वितरण

  युद्धबहादुर बोहोरा  93 पटक हेरिएको

पाँचथरः फाल्गुनन्द गाउँपालिका ४ नम्बर वडास्थित चिलिङदिनको हेलाङमा रहेको पैंयौबोटे आधारभूत विद्यालयका ६० जना विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरिएको छ ।
गरिव,विपन्न तथा जेहेन्दार विद्याथीलाई विद्यालयका शिक्षक र स्थानीयले स्थापना गरेको अक्षयकोष रकमको व्याजबाट विद्यालय पोसाक वितरण गरिएको हो ।
शिक्षकबाट संकलन गरिएको ३९ हजार छ सय र सन्छरानी चेम्जोङ (नेम्बाङ)को छोरा स्व.नयन चेम्जोङ र शुक्रध्वज नेम्बाङको छोरी रक्षा नेम्बाङको नाममा विगत ५ वर्ष अघि स्थापना गरिएको २०/२० हजार गरि जम्मा ४० हजार रुपैयाको अक्षयकोषको ब्याज गरि जम्मा ५८ हजार आठ सय रूपैंया बराबरको पोसाक प्रदान गरिएको विद्यालयका शिक्षक गोविन्द भट्टराईले जानकारी दिए ।


विद्यार्थीलाई नियमित विद्यालय आउन र हौसला प्रदान गर्ने उदेश्यसहित शैक्षिक सुधारको हुने अपेक्षा गर्दै उनीहरुलाई पोसाक उपलब्ध गराएको विद्यालयका प्रधानध्यापक दिलबिक्रम चेम्जोङको भनाइ छ । २०४१ सालम स्थापना भएको यस विद्यालयले ग्रामिण क्षेत्रका विद्यार्थीलाई सकेसम्म गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको उनले बताए । लामो समय कोरोना महामारीका कारण नियमित विद्यालय आउन नपाएका विद्यार्थी हाल महामारीको अवस्था सामान्य बनेपछि पोशाक लगातार पढ्न र पोसाक पाएसंगै विद्यार्थी खुसी भएका छन् ।

यसअघि फाकफोकथुम-१ घुर्विसे पञ्चमी निवासी दिपक भट्टराईले तीन हजार पाँच सय रुपैंया बराबरको भलिबल विद्यालयलाई प्रदान गरेको जनाइएको छ ।
पोसाक वितरण कार्यक्रम विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष लोकमान नेम्बाङको अध्यक्षतामा वडा नम्बर ४ का वडाध्यक्ष दल बहादुर नेमबाङको प्रमुख आतिथ्यमा सम्पन्न गरिएको हो । वडाका जनप्रतिनिधि,शिक्षक,अभिभावक तथा विद्यार्थीको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार