इलामः खोटाङमा प्रहरीले एक ट्याक्टर खयर नियन्त्रणमा लिएको छ। हलेसी तुवाचुङ नगरपालिका ९ सल्लेबाट हलेसीतर्फ आउदै गरेको को ३ त २९ नम्बरको ट्याक्टरमा लोड गरी ल्याएको गोलिया खयर मंगलबार नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले बताए ।
नियन्त्रणमा लिएको खयर र ट्याक्टरलाई कानुनी कारवाहीका लागि बुधबार जिल्ला वन कार्यालयलाई बुझाइएको जनाइएको छ । इलाका प्रहरी चौकी हलेसी र जिल्ला प्रहरी कार्यालय दिक्तेलबाट सादा पोशाकमा खटेको प्रहरी टोलीले खयर नियन्त्रण लिएको हो । एउटा खयरको रुखको २५ हजारसम्म पर्ने गरेको छ । खयरको काठ ४० रुपैयाँ प्रतिकिलो माथि बिक्रिहुने गरेको पाइएको छ ।
खयरको उपयोगिता
आयुर्वेदिक पद्धति अनुसार खयर अनेक रोगहरूमा उपयोग गरिन्छ। पाचन शक्ति बढाउन र अतिसारलाई निकै फाईदा गर्दछ। घाउ , खटिरा , बाथ तथा मर्केको जोर्नीहरूमा लेप लगाउन पनि यसलाई प्रयोग गरिन्छ।
दाँत कीराले खाएमा दाँतको प्वालमा कपुर हाल्नाले दाँत दुख्न बन्द हुन्छ र कीरा पनि ठीक हुन्छ । अथवा मरिचको धूलो, खयर, कपुर बराबर पिधेर दाँत माज्ने गरेमा गिजापाक्ने, दाँत हल्लिने, कीराले खाएको लगायतको रोगहरु ठीक हुन्छ ।
सुख्खा खोकिमा चिम्टी खाने खयर, १ चिम्टी बेसार तातोपानीसँग विहान/वेलुका खाने गरेमा २/३ दिनमा नै सुख्खा खोकि ठिक हुन्छ । कान पाकेमा पाकेको कान सफा गरी धूलो खयर १ चिम्टी कानमा हालिदिएमा पिप आउन बन्द हुन्छ । जुका परी पेट फुलेमा खयरको चिया दुई तिन दिनसम्म खानाले जुका परी पेट फुलेको ठिक हुन्छ । झाडा लागेकोमा पनि खयरको चिया खाएमा ठिक हुने चिकित्सकले बताउने गरेका छन् ।