दिवस दिवस राई ज्यु, हजुरलाई बेलायतमा लुक्नुपर्ने अवस्था कसरी आयो ?

  निनाम लोवात्ती  204 पटक हेरिएको

निनाम लोवात्ती

दिवस राई ज्यु, लगभग एक महिनाअघि बेलायतमा तपाईँ–हजुरका विरुद्ध स्थानीय वासिन्दा किरातीहरुले हुटिङ गरेको, नारा लगाएको सुनियो । यतिसम्म कि, उनीहरुले ‘दिवस राई, राई होइन, दिवस राई राई होइन, दिवस राई …’ भनी असलियतमा १६ खम्बुलगायत अन्य किरातीका सन्तानहरु, जो जानेर वा नजानेर अथवा “ठूलै हुने, राई नै हुने !” भनेर विगतदेखि नै आप्mनो नामको पछाडि ‘राई !’ भन्दै/लेख्दै आएका किरातीहरुले तपाई–हजुर किन नारा लगाए, किन हुटङ गरे ? विस्तारमा बताई दिनु हुन्छ कि ?

सुनिएअनुसार तपाईँ–हजुर बेलायत जानुको कराण कथित् “२८ भाषी राई, एक जाति राई”को साझा चुलो उद्घाटन गर्नलाई हो । तर, तपाईँ–हजुर बेलायत रहने क्रममा त्यहाँ रहने, बस्ने किरातीहरुले तपाईँ–हजुरलाई भेट्न चाहँदा किन र केकति कारणले नभेट्नु भएको हो, कुराकानी गर्न नचाहनु भइएको हो ? अन्तमा लुक्नुपर्ने वा भनांै भाग्नुपर्ने अवस्था किन आयो ? त्यस्तो अवस्था एक्कासी कसरी आयो ? जति सक्दो चाँडो पत्रकार सम्मेलन गरेर/पे्रसविज्ञप्ति जारी गरेर जानकरी दिनु भए उत्तम हुन्थ्यो कि ? अथवा फेसबुकमा स्टाटस लेखेरै पनि जानकारी दिनु हुन्छ कि ? बेलायतमा घटेको घटनाका बारेमा हुन्छ कि ? हजुरको एक शुभ चिन्तक र जिज्ञासुको हैसियतले अभैm पनि आशामा बसी रहने छु ।

हुन पनि तपाईँ–हजुरलगायत कथित् ‘राई !’ जातिवालाहरुले विगत ३१/३२ वर्षदेखि कथित् ‘राई !’ जातिको नाममा हामी (लगभग २२/२३ जाति वटा अलग–अलग जाति) लाई ‘राई !’को डोकोभित्र हालेर ‘तर’ मारिहनु भएको थियो/छ । तर, समय क्रमसँगै मानिसहरुमा विस्तारै आएको चेतना, चैतन्य र विवेकशीलताका कारण अब त्यो स्थिति धेरै समयसम्म नरहने देखिन्छ । किनभने, दिवस राई ज्यु हाल ‘राई !’ जाति नै हो भनिनेहरुको संस्था (राई यायोक्खा नामक एनजिओ समाज कल्याण परिषद दर्ता नम्बर–२६५६ काठकमाण्डौ जिल्ला प्रशासन कार्यलय/काजिपका रजिस्टर्ड नम्बर–३२८/०४९/०५)० को अध्यक्षको हैसियतले केही समयअघि बेलायत जानु भएको थियो । हजुर त्यहाँ (बेलायत) जानुको कारणचाहिँ बेलायतमा बसोवास गर्ने राई जातिहरुको ‘साझा चुला/सामूहिक चुला’ उद्घाटन गर्ने कार्यक्रम रहेको थियो । तर, बेलायतमा रहेका असन्तुष्ट राईका अगुवाहरुले भेट्न चाहँदा तपाईँले उनीहरुलाई भेट दिनु र, उनीहरुको कुरो सुन्नुको सट्टा भाग्नु/लुक्नु भएको देखिन्छ, भिडियोमा । जुन भिडियो हाम्रो एचके अनलाइनले अपलोड गरेको/हालेको छ । त्यसपछि बेलायतमा रहेका असन्तुष्ट राई/राईनीहरुले विरोध गर्ने क्रममा नारा लगाउँदै ‘दिवस राई मूर्दावाद, दिवस राई मूर्दावाद, दिवस राई मूर्दा…भनेको प्रस्टैसँग सुनिन्छ भने अन्तिममा नारा लगाउने क्रममा ‘दिवस राई, राई होइन, दिवस राई राई होइ…!’ भनेको पनि प्रस्टैसँग सुनिन्छ । अब तपार्इँ (दिवस राई ज्यु) राई हो, होइन ? त्यसमा मेरो खासै सरोकार रहेन ।

तर, तपाईँ (राई जातिवालाहरुको संस्था राई यायोक्खा नामक एनजिओका हर्ताकर्ता) हरुले अरु जातिसरह अलग्गै जातीय स्वपहिचान भएका किराती खम्बु र मेवाहाङका सन्तानहरु जस्तै आठपहरिया, कुलुङ, खालिङ, चाम्लिङ, जेरो, थुलुङ, बान्तावा, बाहिङ, मेवाहाङ, याम्फु साम्पाङ, लोहोरुङ आदिको ‘म को हुँ ?’ भन्ने व्यक्तिगत र ‘हामी को हौं ?’ भन्ने सामुहिक आत्मनिर्णयको अधिकार हनन् गरेकोमा भने मेरो पनि घोर आपत्ति छ । साथै तपाईँहरुको यस्तो कार्यको विरुद्घ ढीलोचाँडो संयुक्त राष्ट्र संघको मानवअधिकार हेर्ने निकायमा उजुरी दिने पहल कदमी लिनेवाला छौं ।

किनभने, हामीले बिना आधार ‘राई !’ होइन, पद पदवी वा पगरी मात्रै हो भनीरहेका छैनौं । तर, हजुरहरुले चाहिँ ‘राई !’ केकति कारणले जातै हो ? आधार तथ्यसहित बहस र छलफल गर्नुको सट्टा ‘राई !’ जातै हो, जसले राई ‘राई !’ जात होइन भन्दैछ, उसको नागरिकतामा मात्रै होइन, तीन पुस्तेमा समेत ‘राई !’ छ भन्दै एउटै डोकोमा २३/२४ भन्दा बढी किराती जातिहरुलाई हालेर/राखेर ‘तर’ मारिहनु भएको छ, व्यक्तिगत रुपमा फाइदा लिई रहनु भएको छ । त्यसरी ‘राई !’ जातै हो भनी वकालत गरेर ‘तर’ मार्ने र  व्यक्तिगत रुपमा फाइदा लिई रहने ‘राई !’ कामरेडहरुमा आप्mनो नामको अगाडि लेखक, पत्रकार, प्रा., डा., प्राडा, इतिहासविद, मुन्दुमविद, संस्कृतिविद, वरिष्ठ समाजसेवी, गायक, कलाकार आदिको फुर्को झुन्ड्याएकाहरु छन् । हुनत २८ भन्दा बढी किराती जातिहरुलाई एउटै डोकोभित्र हालेर ‘तर’ मार्ने प्रयास गरिरहनु ‘राई !’ जातिवाला कामरेडहरुको ‘धर्म र कर्म !’ दुवै हो भन्न सकिन्छ । त्यसैले ‘राई !’ कामरेडहरु ‘राई !’का पितापूर्खाहरुले ऊ वेलादेखि नै चर्चिदै अर्थात खाई खेलिआएको भूमि कहाँ हो ?, ‘राई !’को जातीय पोशाक कुन हो, कस्तो हुन्छ ?, ‘राई !’को मातृभाषा, संस्कार, संस्कृति आदि के हो, कस्तो हुन्छ ? बताउनु/देखाउनु परेको छैन । तापनि अभैm पनि सो बारेमा ‘राई !’ कामरेडहरुले प्रस्ट पार्नु भए आम सर्व साधारण मानिसहरुमाझ प्रस्ट हुने थियो । तर,…

स्मरणीय छ, वास्तवमा ‘राई’, जात वा जाति नभएर ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’, ‘चौधराई’ आदि भनेको ‘जिम्मावाल’ वा ‘तालुकदार’ अर्थात् पदवी वा पगरी मात्रै हो/थियो । फेरि जसरी राजा मरेपछि राजाको जेठो छोरो नै राजा हुन्थ्यो, त्यसरी नै ‘राई’, ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’, ‘चौधराई’ आदि मरेपछि उनीहरुका जेठो छोरोहरुले मात्रै ‘राई’, ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’, ‘चौधराई’ हुन पाउँथे । अहिले पनि ऊ वेला ‘राई’, ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’, ‘चौधराई’ भएरस्थानीयस्तरमा रजगज गरेका ‘राई’, ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’, ‘चौधराई’का जेठो छोरोहरु काठमाण्डौमै भेटिन्छन् । त्यसैले वास्तविक कुरो के हो ? उनीहरुलाई नै भेटेर सोध्दा पनि भई हाल्छ, मेरो कुरो नै पत्याई हाल्नुपर्छ भन्ने छैन ।

जे भए तापनि ‘राई !’ जातिको नाममा खुलेको राई यायोक्खा नामक एनजिओ (समाज कल्याण परिषद दर्ता नम्बर–२६५६ र, जिल्ला प्रशासन कार्यलय काठमाण्डौ रजिस्टर्ड नम्बर–३२८/०४९/०५०) का हर्ताकर्ता राई सर राईनी म्याडमहरुलाई यो ‘केहीनजान्ने कुलुङे ढाक्रे !’को सुझाव छ, ‘–नेतृत्व तहमा बसेका राई सर र राईनी म्याडमहरुले राई के हो त ? भन्ने बारेमा आम सर्वसाधारणलाई एकपटक गाउँगाउँ, टोलटोलमा गएर अभैm पनि एक पटक प्रस्ट्याउनु होस् । अनि मात्रै उनीहरुले (हाल ‘राई !’ भनी चिनिने सर्वसाधारण जनहरुले) के भन्छन् ? सोहीअनुसार निर्णय गर्नुहोस् । जस्तै आ …, ‘राई’ पद वा पगरी अथवा पदवी भए तापनि अब हामी जातै मान्छौं ! भन्छन् कि, त्यसरी कहाँ हुन्छ ? कुलुङहरुचाहिँ किन ‘राई !’ नभएर ‘कुलुङ’ मात्रै भएर अलग्गै जातिका रुपमा आए ? भनी हजुरहरुलाई प्रश्न गर्छन् । र, ‘कुलुङ’हरु जसरी ‘कुलुङ’ मात्रै भएर अलग्गै जातिका रुपमा जातीय स्वपहिचानसहित आए, हामीचाहिँ किन ‘राई !’ हुने, किन आआप्mनो जातीय स्वपहिचानसहित नचिनिने ? भनी प्रश्न गर्छन् ।

किनकि गएको १२ औं राष्ट्रिय जनगणना (विसं २०७८) मा पनि ‘राई !’ जातिको संख्या ठूलो पैमानामा घटेको अनुमान सहजै गर्न सकिन्छ । हुन पनि विसं २०५८ को १० औं राष्ट्रिय जनगणनामा ६ लाख ३५ हजार चानचुन रहेको ‘राई !’को जनसंख्या र ३ लाख ७१ हजार चानचुन रहेको ‘राई !’ भाषा बोल्नेको संख्या घटेर विसं २०६८ को ११ औं राष्ट्रिय जनगणनामा ६ लाख २० हजार चानचुन र ‘राई !’ भाषा वक्ताको संख्या घटेर किन १ लाख ५९ हजार चानचुनमा झर्यो ? यो के भएको हो ? सो विषयमा पनि नेतृत्व तहमा बसेका राई सर/राईनी म्याडमहरु र र ‘राई !’ जातिवाला बुद्घिजीवीहरुले सर्वसाधारण जनहरुलाई गाउँ–गाउँमा गएर प्रस्ट्याउनुपर्ने देखिन्छ । बुझाउनुपर्ने हुन्छ ।

हुन पनि विसं २०६८ को जनगणनामा राईकरणमा परेका जातिहरु जस्तै आठपहरिया, कुलुङ लगायत १२ वटा किराती खम्बुका सन्तानहरु जो असलीयतमा राई होइनन्, उनीहरु अलग्गै जातिका रुपमा आएका छन् । कुलुङको जनसंख्या २८,६१३ । बान्तावाको जनसंख्या ४,६०४ जना । चाम्लिङको जनसंख्या ६,६६८, जना । नाछिरिङको जनसंख्या ७,१५४, जना । याम्फुको जनसंख्या ६,९३३, जना । आठपहरियाको जनसंख्या ५,९७७, जना रहेको छ । थुलुङको जनसंख्या ३,५३५, जना रहेको छ । तर, थुलुङहरुले आप्mनो असली जातीय स्वपहिचान ‘थुलुङ’ मा ’राई !’फुर्को झुन्ड्याएरै जाने अर्थात् ‘थुलुङ राई !’ नै लेख्ने नियर्ण गरेको छ अरे । त्यो उनीहरुको आत्मनिर्णयको अधिकार पनि हो । मेवाहाङको जनसंख्या ३,१००, जना । बाहिङको जनसंख्या ३,०९६ जना । साम्पाङको जनसंख्या १,६८१ जना । खालिङको जनसंख्या १,५७१ जना र लोहोरुङको जनसंख्या १,१५३ रहेको छ ।

नोट : लेखकको निजी विचार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार