अन्तर्राष्ट्रिय सगरमाथा दिवस एक बहस र सरकारको आमदानीको राम्रो स्रोत 

  निनाम लोवात्ती
77 Shares

भनिन्छ, वर्षैपिच्छे आउने सम्झना, दिवस, महोत्सव आदिको खास अर्थ रहे तापनि सबैले सो अवसरलाई स्मरण गर्ने, मनाउने र सम्झने गर्न सकिँदैन । हो त नि ?! यो भनाइ त्यसैले प्रचलनमा आएको होइन । हो, मैले पनि यो वर्षको ‘अन्तार्राष्ट्रिय सगरमाथा दिवस’ झण्डै बिर्सेको ??? किनभने, हिजो मात्रै ‘अन्तार्राष्ट्रिय सगरमाथा दिवस’ परेको थियो । हुन पनि अंग्रेजी (ग्रेगोरियन) वर्षको मे महिनाको २९ तारिखका दिन विश्वभरि नै ‘अन्तार्राष्ट्रिय सगरमाथा दिवस’ मनाउन थालिएको छ ।

अहिलेसम्म विश्वले दिएको मान्यताअनुसार विश्वको सबैभन्दा अग्लो पर्वत वा भनौं हिम शिखर भनेको ‘सगरमाथा’ वा ‘माउन्ट एभरेस्ट’ अथवा ‘चोमोलुङमा’ हो । जुन हिमालको उचाई समुन्द्र सतहबाट नाप्दा आठ हजार आठसय अठ्चालीस दशमलब छयासी (८,८४८.८६ मिटर) रहेको छ । संयोगले यो हिमाल नेपालमा रहेको छ भने, सगरमाथाको उचाई गत साल सार्वजनि गरिएको हो । त्यस अघि सगरमाथाको उचाई आठ हजार आठसय अठ्चालीस (८,८४८ मिटर) मान्ने गरिन्थ्यो । सो घोषणा गत वर्ष मात्रै नेपाल सरकार र चीन सरकारले संयुक्त रुपमा गरेको हो ।

त्यसअघि ‘सगरमाथा वा एभरेस्ट अथवा चोमोलुङमा’ पनि भनिने हिमालको आधिकारिक उचाईमा एक रुपता थिएन । किनभने, नेपाल सरकारले सगरमाथाको आधिकारिक उचाई आठहजार ८४८ मिटर मानेको थियो भने चीन सरकारले आठहजार ८ सय ४४.४३ सेन्टी मिटर मानेको थियो । त्यसैले नेपाल तर्पmबाट सगरमाथा आरोहण गर्ने पर्वतारोहीहरुले आठहजार ८४८ मिटर भनी आरोहण प्रमाणपत्र पाउँथे भने, चीन तर्पmबाट सगरमाथा आरोहण गर्ने पर्वतारोहीहरुले आठहजार ८४४.४३ सेन्टी मिटर भनी आरोहण प्रमाणपत्र पाउने गरेका थिए ।

खासमा विश्वको सबैभन्दा अग्लो पर्वत वा भनौं हिम शिखर ‘सगरमाथाको आधिकारिक नाम सगरमाथा नभएर चोमोलुङमा’ हुनु पर्छ भन्ने पनि यदाकदा माग वा भनौं ‘आवाज सुन्ने गरिन्छ !’ त्यसो त यो हिम शिखरको फेदी (दक्षिणी पाटोको वरिपरि) आदि–अनादि कालदेखि रहँदै, बस्दै आएका आदवासी जनजातिहरुले बोलाउँदै  र पुकार्दै आएको असली र पूरानो नाम ‘चोमोलुङमा’ नै हो । तर, अभैm पनि नेपालका मूलधार अर्थात् राज्य पक्षका भनेर चिनिने इतिहासकार, बुद्धिजीवी, विश्लेषक, प्रा., डा., प्राडा, लेखक, सम्पादक, पत्रकार आदिले ‘चोमोलुङमा’ नाम सुन्ने/भन्ने बित्तिकै ‘चोमोलुङमा’ त ‘भोटे’ अर्थात् तिब्बती नाम होइन र ? भनी प्रति प्रश्न गर्ने गरेका छन् । जे होस्, आजभोलि ‘चोमोलुङमा’लाई ‘चोमोलुङमा’ भन्दा पनि ‘सगरमाथा र एभरेस्ट’ नामले बढी चिनिन्छ । अब यो यथार्थलाई हामीले स्वीकार गर्नैपर्छ ।

एक पटक फेरि सगरमाथाको उचाईकै कुरो गर्दा यस अघि नेपाल सरकारले सन् १९५५ मा भारतले पत्ता लगाएको आठहजार आठसय ४८ मिटरलाई नै सगरमाथाको आधिकारिक उचाई मान्दै आएको थियो भने, चीन सरकारले भने, आठहजार आठसय ४४.४३ सेन्टीमिटरलाई आधिकारिक उचाइ मान्दै आएको थियो । त्यस्तै अमेरिका, इटली आदि  देशहरुले भने, सगरमाथाको उचाई आठहजार आठसय ५० मिटर रहेको भन्दै आएका थिए । तर, खास सगरमाथा हिम शिखरले सीमा छोएको (उत्पत्ति भूमि) देश नेपाल र चीनले तेस्रो पक्षले सगरमाथाको उचाई बढेको भन्ने भनाइ वा गरेको लबिङलाई मान्यता दिएको थिएन, वास्ता गरेको थिएन ।

अब सगरमाथा आरोहण र अन्य कुरोबारे भन्दा पनि सगरमाथाको आर्थिक पक्ष अर्थात् सगरमाथा आरोहणबाट हुने कमाईबारे केही लेख्ने जमर्को गरिने छ । सगरमाथा आरोहण र यसको कमाईको कुरो गर्दा गत वर्ष (सन् २०२१) को वसन्त याममा मात्रै नेपाल सरकारले रोयल्टी वापत ६६ करोड १३ लाख नेपाली रुपैँयाभन्दा बढी विदेशी मुद्रा कमाई गरेको छ । त्यस्तै हवाईजहाज कम्पनी, ट्राभल एजेन्सी टे्रकिङ एजेन्सी, सरदार, ट्रेकिङ शप, कुक, क्लाईम्बिङ गाईड, हाई एल्टिच्युड शेर्पा, आईसफल डाक्टर, किचन ब्वाई, भरिया, जोप्क्यो, याक र नाक (पोथी याक) धनी, सगरमाथा क्षेत्रमा होटल सञ्चालन गरेर बसेका होटल धनीहरु, किसानलगायतले प्राप्त गरेको तलब–भत्ता र आय आर्जनको छुट्टै पाटो रहेको छ । जबकि सो वर्ष कोरोना महामारी चली रहेको थियो । तापनि गत वर्ष सगरमाथा हिमाल आरोहण गर्न आएका विदेशी पर्वतारोहीहरुबाट धेरै राम्रो आमदानी गर्न सफल भएको छ, नेपाल सरकार नेपाली पर्यटन व्यवसायीहरुले ।

स्मरणीय छ, गत वर्षको सिजन (वसन्त याम) मा सगरमाथा चढ्न भनी विभिन्न देशका ४४ वटा आरोहण दलका ४०८ जना पर्वतारोही नेपाल आएका थिए । ती ४०८ जना मध्ये एक जना त तेस्रो लिंगी पर्वतारोही समेत थिए । त्यस्तै ९२ जना महिला पर्वतारोहीका साथै ३१५ जना पुरुष पर्वतारोहीहरु रहेका थिए । तर, दुःखको कुरो, के भने, गत वर्ष ठ्याक्कै सगरमाथा आरोहण गर्ने समयकै सेरोफेरोमा खाडी मुलुक र भारतको विभिन्न राज्यहरु जस्तै गुजरात, महाराष्ट्र, पश्चिम बंगाल, बंगलादेश लगायत क्षेत्रबाट आएको ‘ताई/तेई’ र ‘यास/यस’ नामक समुन्द्री आँधी (चक्रावत) का कारण मौसममा आएको नकारात्मक परिवर्तनले गर्दा सगरमाथा आरोहणमा अपेक्षित सफलता भने मिलेन । सो वर्षको वसन्त याममा १८२ जना पर्वतारोहीले मात्रै सफलता पाएका थिए भने, यो वर्ष कतिले सगरमाथा आरोहण गरे ? भन्ने सम्बन्धमा पर्यटन विभागले आधिकारिक रुपमा आप्mनो भनाइ बाहिर ल्याई नसकेको हुनाले यसै भन्न सकिने अवस्था छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार