स्थानिय तहको निर्वाचनमा विजयी प्रेस चौतारीका सदस्यहरुलाई बधाई

इलाम  : गएको स्थानिय तहको निर्वाचनमा विजयी  प्रेस चौतारी नेपालका सदस्यहरुलाई बधाई ज्ञापन गरिएको छ । नेपाल प्रेस चौतारीको आयोजनामा इलाम सदरमुकाममा भएको एक कार्यक्रममा विजेताहरुलाई बधाई तथा शुभकामना प्रदान गरिएको थियो । सर्योदय नगरपालिकाको कार्यपालिका सदस्यमा निवार्चित चौतारीका केन्द्रीय सदस्य ख्याम भुजेल, माई नगरपालिका ७ मा वडाध्यक्ष निर्वाचितपूर्व केन्द्रीय सदस्य बुद्धिप्रसाद खनाल र सन्दकपुर गाउँपालिका वडा नम्वर पाँचमा वडासदस्य निर्वाचित पूर्व जिल्ला उपाध्यक्ष कुमार गुरुङलाई बधाइ ज्ञापन गरिएको छ ।

 कार्यक्रममा जनप्रतिनिधिका रुपमा निर्वाचित भएका सदस्यहरुलाई सञ्चार क्षेत्रको अनुभव अव निति निर्माणमा प्रयोग गर्नुपर्नेमा जोड दिइएको थियो । प्रेस चौतारीका इलाम अध्यक्ष भीम चापागाईंको अध्यक्षता र नेकपा एमाले इलामका अध्यक्ष महेश बस्नेतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्थानीय तहले सञ्चारमैत्री कानून र कार्यक्रमहरु तयार गर्नुपर्नेमा सहभागीको सुझाव थियो ।

प्रमुख अतिथि बस्नेतले हरेक स्थानीय तहले सञ्चार नीति बनाउन पहिला साझा सुचीका अधिकारलाई व्यवस्थापन र वाँडफाँट गर्न सबै जनप्रतिनिधिले आवाज उठाउनु पर्नेमा जोड दिए । एमाले प्रचार विभाग प्रमुख रविन्द्र सुवेदीले समाज रुपान्तरणका लागि भूमिका निर्वाह गर्ने पत्रकारहरु निर्वाचित भएर जाँदा स्थानीय तहले अवसरको राम्रो फाइदा लिन सक्ने बताए ।

नेपाल पत्रकार महासंघ इलामका अध्यक्ष विप्लव भट्टराईले हरेक स्थानीय तहले जनताले विश्वास र अनूभुत गगर्न सक्ने किसिमको सञ्चार नीति बनाउनु पर्नेमा जोड दिए ।

कार्यक्रममा चौतारीका पूर्व अध्यक्ष प्रकाश अधिकारी, प्रेस युनियनका सचिव टीका खतिवडा, प्रेस सेन्टरका बुद्धमाया सोङ्मी, फोनिजका सोम सुनुवारलगायतले शुभकामना मन्तव्य राखेका थिए । निर्वाचित जनप्रतनिधि भुजेल, खनाल र गुरुङले आफूहरु आम नागरिकको हितका लागि काम गर्नेमा प्रतिबद्धता ब्यक्त गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार