संखुवासभा ,आईएमई लाईफ इन्स्योरेन्स खादबारी साखाको आयोजनामा घातक रोग विरुद्धको रकम भुक्तानी कार्यक्रम सम्पन्न भएको छ। पाँच लाख बिमाङ्क रकम बिमा गरेका पाँचखपन नगरपालिका – 6 घर भई हाल मादी नगरपालिका जनस्वास्थ्य इन्चार्जको रुपमा कार्यरत पोषराज श्रेष्ठलाई हृदयघात जस्तो प्राणघातक रोग देखा परेको हुनाले पाँच लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ। बयालीस हजार सात सय एघारको दरले एक किस्ता मात्र बुजाएका श्रेष्ठले दाबी गरेको २८ दिन मै एकमुष्ट रकम पाउदा पुर्ण रुपमा सहयोग पुगेको बताएका छ्न। उक्त कार्यक्रममा आईएमई लाईफ इन्स्योरेन्स खादबारी साखाका साखा प्रबन्धक कृष्ण श्रेष्ठ , मादी नगरपालिका प्रमुख जीवन कुमार लिङ्थेप , मादी नगरपालिका जनस्वास्थ्य इन्चार्ज पोषराज श्रेष्ठ लगायत समाजसेवी ,बुद्धिजीवी र पत्रकार लगायतको सहभागिता रहेको थियोे । उक्त कार्यक्रममा बोल्दै बिमित पोषराज श्रेष्ठले बास्तममै बीमाले भुक्तानी दिने रहिछ,दावी भुक्तानी दिदैन भनेर गलत प्रचार कसैलाई नगर्न र भोलि कसैले देखेको छैन जे पनि हुन सक्छ । तेसैले आजै आईएमइ लाइफमा जीवन बीमा गर्न आग्रह समेत गर्नुभएको थियो ।