दीर्घ रोगीको उपचार सहयोगार्थ स्वास्थ्य उपचार कोष स्थापना - Nayabulanda.com

दीर्घ रोगीको उपचार सहयोगार्थ स्वास्थ्य उपचार कोष स्थापना

  नयाँ बुलन्द
0 Shares

Share
इलाम नगरपालिकामा दीर्घ रोगीको उपचार सहयोगार्थ स्वास्थ्य उपचार कोष स्थापना

इलाम : इलाम नगरपापलकाले स्वास्थ्य उपचार कोष स्थापना गर्ने भएको छ । दीर्घ रोगी तथा कडारोग भएका बिरामीहरुको उपचार सहयोगार्थ सो कोष स्थापना गर्ने भएको हो ।कोषमा निर्वाचित मेयरको तर्फबाट मासिक तीन हजार, उपमेयरबाट मासिक दुई हजार र कार्यपालिका सदस्यहरुबाट मासिक एक हजार जम्मा गर्ने निर्णय भएको छ ।

नगरपालिकाको सोमबार बसेको पहिलो बैठकबाट सो निर्णय पारित भएको छ । सो कोषमा मेयर, उपमेयर र कार्यपालिका सदस्यहरुबाट पाउने सेवा सुविधाबाट नै कटाएर कोषमा जम्मा गर्ने निर्णय भएको मेयर केदार थापाले जानकारी दिए । उनले इलाम नगरपालिकामा यस्ता बिरामीको संख्या बढ्दै गएको र कतिले अझै पनि आर्थिक अभाव भएकै कारण उपचार गर्न समस्या भएको भन्दै सहयोगका लागि कोष स्थापना गर्ने निर्णय भएको जानकारी दिए ।
कोष खडा गरी प्रमुख प्रशासकिय अधिकृत र लेखा अधिकृतको दस्तखतबाट खाता सञ्चालन गरिने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार