इलाम चिया बगान र चिया कारखानालाइ विश्व सम्पदा सूचीमा सूचीकृतका लागि पहल गदैं इलाम नगरपालिका

  नयाँ बुलन्द
84 Shares

इलाम : इलाम नगरपालिकाको पहिलो कार्यपालिका बैठक विभिन्न निर्णय गर्दे सम्पन्न भएको छ । सोमबार बसेको बैठकले विभिन्न निर्णय गर्दे सम्पन्न भएको पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।बैठकले नगर कार्यपालिकाको गत बैठकहरूबाट भएका निर्णयहरूको कार्यान्वयन तथा प्रगति सम्बन्धमा समीक्षा गर्दै कार्यान्वयन हुन बाँकी पूर्व निर्णयहरूलाई यथासमयमा कार्यान्वयनको व्यवस्था मिलाउने निर्णय गरेको छ ।

नगर कार्यपालिकाको बैठकले इलाम नगरमा रहेको ऐतिहासिक इलाम चिया बगान र चिया कारखानालार्ई विश्व सम्पदा सूचीमा सूचीकृतका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । त्यस्तै इलाम नगरपालिका वडा नं। ७ जनक चोक छेउमा निर्मित कृषि तथा पशुपक्षी खरिद बिक्री भवनमा नगरका वडा वडाबाट आएका सागसब्जी तथा तरकारीलाई सहज बेचबिखनलाई प्रोत्साहित तथा बजारीकरण गर्नका लागि स्थानीय सहकारी संस्था, व्यापारिक प्रतिष्ठान, कृषि समूह तथा इच्छुक व्यापारी व्यवसायीहरूलाई भाडामा लगाउन भाडा दर निर्धारणका लागि राजश्व परामर्श समितिमा पठाई समितिको राय परामर्श अनुसार भाडामा लगाउने प्रक्रिया अगाडि बढाउने निर्णय गरेको इलामम नगर प्रमुख केदार थापाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार