इलाम गोलाखर्क-सुखानी शनिश्चरे सडक कालोपत्रे निर्माणमा थप तीव्रता ल्याइने

  नयाँ बुलन्द
294 Shares

इलाम : इलाम नगरपालिकाको पहिलो कार्यपालिका बैठक विभिन्न निर्णय गर्दे सम्पन्न भएको छ । सोमबार बसेको बैठकले विभिन्न निर्णय गर्दे सम्पन्न भएको पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।

 झापादेखि इलाम हुँदै पाँचथर ताप्लेजुङसम्म सहज आवागमनका लागि मेची राजमार्ग सञ्चालनमा रहेकोमा वैकल्पिक राजमार्गको रूपमा इलाम गोलाखर्क भन्ज्याङ बेलासे चिसापानी सुखानी शनिश्चरे बिर्तामोड हुँदै झापासम्म जोड्ने सडक निर्माणको कार्य भई रहे पनि इलाम सदरमुकामलाई झापाको बिर्तामोडसम्म छोटो दूरीको यात्राबाटै जोड्ने यस वैकल्पिक राजमार्गलाई चाडो भन्दा चाडो कालोपत्रे गरी सञ्चालनमा ल्याउनका लागि सङ्घीय सरकार समक्ष आवश्यक पहल गरी कालोपत्रे सडक निर्माणमा थप तीव्रता ल्याउने उद्देश्यका साथ आगामी ११ औ नगर सभा पछि इलाम नगरपालिकाको प्रतिनिधिमण्डल काठमाडौँ जाने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार