मिक्लाजुङका ७१ वर्षीय बृद्ध लडेर मृत्यु

  नयाँ बुलन्द
147 Shares

पाँचथर : मिक्लाजुङ गाउँपालिका ६ निवासी एक बृद्धको लडेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा ७१ वर्षीय रिङकनाथ आङवोहाङ  रहेका छन् । शनिबार साँझ स्थानीय कन्याटार बजार गएका उनी साँझसम्म पनि घर नआएपछि आफन्तले खोजतलासको क्रममा नजिकै रहेको सिंगेनीभिरबाट अन्दाजी ३० मिटर तले लडेर मृत्य भएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ ।

आफन्तबाट उक्त खबर इलाका प्रहरी कार्यालय खान्द्रुङमा प्राप्त हुनसाथ इलाका प्रहरी कार्यालय रबि पाँचथरसहितको प्रहरी टोली घटनास्थलमा पुगेर मृतको शवलाई पोस्टमार्टमको लागि आधरभूत अस्पताल रबिमा ल्याइएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार