हर्कटेमा सवारी दुर्घटना हुँदा कर्णाली साकोसका उपाध्यक्ष खरेलको मृत्यु, ५ घाइते

इलामः  कर्णाली बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारी चढेको गाडी इलामको हर्कटेमा दुर्घटनामा परेको छ । दुर्घटनामा एक जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका छन् ।

दुर्घटनामा परी संस्थाका उपाध्यक्ष इश्वरीप्रसाद खरेलको मृत्यु भएको हो । कर्णाली साकोसका पदाधिकारी चढेको स्कोरपियो बिर्तामोडबाट इलामतर्फ आउँदै गर्दा साँझ ६ बजेतिर हर्कटेमा बाटोभन्दा तल झरेको सहकारीका कर्मचारी तारा राईले बताए ।

 

दुर्घटनामा परी सहकारीका अध्यक्ष टिएस प्रधान, कोषाध्यक्ष एकराज विष्ट, सदस्य गणेश पराजुलीलगायत घाइते भएको प्रारम्भिक जानकारी आएको छ । उनीहरुको बिएण्डसी हस्पिटलमा उपचार भइरहेको छ । गाडीमा ६ जना सवार रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार