इलाम: फाकफोकथुम गाउँपालिका २ नम्बर वडाकी मन्दिरा राईले डिसहोमबाट एकलाख रुपैंया पुरस्कार प्राप्त गरेकी छिन् ।
डिसहोममा एक वर्षको रिचार्जमा २४ महिना अफर अन्तर्गत फन्टट्रान्सफरबाट वार्षिक रिचार्ज गरी साप्ताहिक प्रतिस्पर्धाबाट राईले एकलाख रुपैंया पुरस्कार प्राप्त गरेकी हुन् ।
इलाम नगरपालिकाको पुवाखोल स्थित कुबेर इलेक्ट्रोनिककाबाट डिसहोमको वार्षिक रिचार्ज गरी एक वर्षमा २४ महिना अफर अन्तर्गत राइले नगद पुरस्कार प्राप्त गरेको जनाइएको छ ।
उक्त पुरस्कारको रकम बुधबार एक कार्यक्रमका बीच डिसहोम मिडियाका पूर्वाञ्चल प्रमुख बिपिन्द्र न्यौपाने र डिसहोमका मेची इन्चार्ज प्रज्जवल अधिकारी र एन्टिना ट्रेडस एण्ड टेक्नोलोजी सेन्टरका मेनेजर हेमन्त निरौलाको संयुक्त उपस्थितिमा हस्तान्तरण गरिएको मेनेजर निरौलाले जानकारी दिए । टिभीमा वार्सिक रिचार्ज गरी लक्की ड्र मार्फत एकलाख सम्मको पुरस्कार प्राप्त गर्न सकिने निरौलाले बताए । -सन्दकपुर अनलाइनबाट