इलामः सरकारले गाडी आयातमा गरिएको कडाइको असर राजस्वमा देखिएको छ ।
वीरगञ्ज भन्सार कार्यलयमा १० महिनामा लक्ष्यको ३० प्रतिशत कम अन्तःशुल्क उठेको हो । साेही अवधिमा भन्सार कार्यलयमा १७ अर्ब ३१ करोड रुपैयाँ अन्तःशुल्क उठेको छ । वीरगञ्ज भन्सारबाट उठ्ने अन्तःशुल्कको मुख्य स्रोत नै गाडी आयात रहेको छ
भन्सार कार्यालयले चालू आर्थिक वर्षको १० महिनामा १ खर्ब ७० अर्ब रुपैयाँ राजस्व उठाएको छ । आयात निर्यात कारोबारका हिसाबले सबै भन्दा ठूलो वीरगञ्ज भन्सारले उठाएको साे रकम निर्धारित लक्ष्य भन्दा केही बढी हो । आयाततर्फको भन्सार महशुल कम उठे पनि मूल्य अभिवृद्धि कर र पूर्वाधार कर बढी उठेकाले समग्र राजस्वको लक्ष्य भेट्टाएको भन्सार कार्यालयले जनाएको छ ।
भन्सार महशुल ६१ अर्ब ८१ करोड रुपैयाँ संकलन गरेको कार्यालयले ६८ अर्ब ७४ करोड रुपैयाँ मूल्य अभिवृद्धि कर र १३ अर्ब ७१ करोड पूर्वाधार कर उठाएको छ ।-इमेजखबर