नगर प्रमुख खम्बासिंह लिम्बूको गम्भीर ध्यानाकर्षण

  बुधराज योङहाङ
1.5k Shares

माई : इलामको माई नगरपालिका वाड २ चेप्टीमा निर्माणाधिन रहेको हेप्पी ड्रिम बिना प्रमाण आफ्नो नाम जोडिएको भन्दै मेयर खम्बसिं लिम्बुले गम्भीर आपत्ति जनाएका छन् ।

नगर प्रमुख लिम्बूले विज्ञप्ती जारी गर्दै सगरमाथा टेलिभिजन लगायत अन्य अनलाइन संचारमाध्यममा आएका समाचार प्रति ध्यानाकर्षण भएको जनाएको छ । विज्ञप्तीमा लेखेका छन् ‘ माई नगरपालिका वडा नं २ को चेप्टीमा निर्माणाधिन हेप्पी ड्रिम प्रालिको नाममा के कति जमिन रहेको छ ? उक्त जमिन प्राप्तिका आधार के के हुन् ? को संग, कहाँ र कसरी खरिद वा प्राप्ति गरिएको छ ? र कसरी निर्माण गर्ने तथा निर्माण गरिरहँदा कुन कुन सरोकारवाला निकायसंग छलफल गर्ने ? तथा कुन कुन निकायसंगको अनुमति वा सहमतिमा निर्माण गर्ने ? भन्ने बिषय स्वयम कम्पनीको जिम्मेवारी होला । त्यसको स्विकृति अनुगमन साथै कानुनी दायराभित्र सन्चालन गर्ने सम्बन्धित निकायको भएकोले मलाई आरोप लगाउनु पुर्वाग्रह मात्र हो ।’

नगर प्रमुख लिम्बूले आफुलाइ कम्पनीसँग जोडेर आफ्नो शेयर भएको कुरा हल्ला मात्र भएको बताएका छन् । उनले स्थानीय जनताको जिवनस्तर उकास्न बाह्रय लगानीकर्तालाई यस क्षेत्रमा आर्कषित गर्दै विकासका पुर्वाधार निर्माण गरी रोजगारीको अवसर सिर्जना गर्न स्थानीय स्रोत र साधनको सदुपयोग र कानुनी दायरामा रहि आन्तरिक राजस्व वृद्धि गर्दै रोजगारी सिर्जना गर्न चाहेको ले यसमा सबै ले साथ सहयोग गर्नु अपिल समेत गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार