इलाम : विश्व वातावरण दिवस २०७९ को अवसरमा इलाम नगरपालिकामा वृक्षारोपण गरिएको छ । इलाम नगरपालिकाको आयोजनामा वडा नं ८ स्थित हरित शान्ति अभियान पार्कमा वृक्षारोपण गरिएको हो । मेयर केदार थापा, उपमेयर विष्णु लिम्बु दाहाल, वडाध्यक्ष, जिल्लाका सुरक्षा निकायका प्रमुखहरु, बिषयगत कार्यालयका प्रमुख, स्थानीय अभियन्ता लगायतको सहभागिता रहेको थियो ।
यस्तै अाज नै दिवसरकाे अवसरमा “पृथ्वीकाे सरक्षण दिघाे प्रकृति मैत्री जिवनयापन “भन्ने नाराका साथ इलाम नगरपालिका वडा न ४ काे आयाेजनामा धारा पानी जसविरे क्षेत्रमा वृक्षाराेपण कार्यक्रम सम्पन्न भएकाे छ । माइपाेखरी,सन्दकपुर सडक खण्डकाे दायाँ वायामा रैथाने जातकाे लालिगुरास ,डेलि काठ,धुपि ,विभिन्न जातका फुलहरु राेपिएकाे हाे ।
वृक्षाराेपण कार्यक्रममा बोल्दै इलाम नगरप्रमुख केदार थापाले बढदो सवारी चाप र वन विनाशले गर्दा वातावरण नै प्रदुषित भई मानिसको स्वास्थ्यमा असर पर्न थालेको भन्दै स्वास्थ्य वातावरण र मानिसको जिवन रक्षाको निम्ती पनि वृक्षारोपण अहिलेको आवश्यक्ता रहेको बताए । उनले वृक्षारोपणले मात्र समस्या समाधान नहुने भन्दै यसको संरक्षणमा ध्यान दिन आवश्यक रहेको बताए ।
यता नगरका प्रबक्ता नुतनदेव दुलालले वनजंगल फडानीले जलवायुमा नाकारात्मक प्रभाव परेको बताउदै वातावरण प्रदुषण मुक्त बनाउन वृक्षारोपण हुनुपर्ने बताए । उनले आफ्नो गाउँ टोलमा वृक्षारोपण गर्ने आवश्यक सहयोग चाहिएमा आफू सहयोग गर्न तयार रहेको समेत बताए ।
दुलालले वृक्षारोपण कार्यक्रममा उत्साहका साथ सहभागी जनाएका स्थानीयलाई धन्यवाद समेत दिए । नगरप्रमुख थापाकाे प्रमुख आतिथ्यमा भएकाे कार्यक्रममा इलाम नगरपालिकाका जनप्रतिनिधि ,प्रमुख प्रशासकिय अधिकृत, कर्मचारीहरू , पत्रकार र स्थानियकाे उपस्थिति रहेकाे थियाे ।