क्षितिजमा देखिने बिन्दु नियाली रहेछन्

  प्रमिशा घिमिरे
854 Shares

पात्र “मन” हो।कतै नलागे आफ्नौ दु:ख मा दुखि हुने तर कतै लगाइदा अरुको खुसिको लागि आफू रुइदिने अनि अरुको पिडामा सङ्गसङ्गै चस्कीरहने यस्तै उरन्ठेउला हुदारैछन खाट्टी मान्छे का मन।
कहिल्यै भेट्दै नभेटेको मान्छेलाइ सम्झेर बर्सिन्छन परेली देख्दै नदेखेको रङ्गमन्च बाहिर यहित हो नि आज भन्दै लोभिन्छन आखाहरु।अन्जान आवाज हरुले नै एकतृत गरिदिन्छ र शब्द भित्र रुमलिन्छ मन।हासी दिन्छ,रमाइ दिन्छ, भावना सङ्ग खेली दिन्छ,बच्पनाझै टाढै भएर नजिकिन्छ मन।अब्याभारिक भएरैपो होकि बिना स्पर्श तन भरी खेल्छ मन। कहि एक दिन सङ्गै पाएर उस्लाइ सन्सार जितेको सम्झन्छ मन त कतै टाढिने दिन नजिकिदै गर्दा बिना पानीको माछ झै तड्पन्छ मन।जसरी जहाँ दुखे सुखे पनि इ सबै मान्छेका मन।

मान्छे पिच्छे फरक मन।
मन फेरे अर्कै माया।।
माया हुदा भिन्न यात्रा।
यात्रा गरे फरक गन्तव्य।।
गन्तव्य भेटे छुट्टै सोच।
सोच भित्र अचम्मको अन्त्य।।

बेलुकी पख अफिसबट निस्कन्छ।घरजाने सोच मा छ।हिड्न खोज्छ अलि असहज लाग्छ।थाकेर हो कि मातेर लर्बरिएझै न छेउ न भित्तो मुरली सरि एक मुठिको जिउ चिया पसल सम्म कसरी लौजाउ बोझिलो बन्छ मन। हुनत आकार जत्रोभएपनी सबैको आआफ्नै बोझ हुन्छ।कोसिस नगरी त चिया पसल सम्म पनित नपुगिएला जसरी नै पुग्नै पर्यो कोसिस गर्छ बिस्तारै पाइला लम्काउछ।चिया पसल को छेउमै पुग्यो कम्मर मा हात राखेर उभियो सुस्केरा हालेझै गर्यो।पसलभित्र चियाको चुस्की लिदैगरेका एक दुई जना ले पुलुक हेरे वास्ता गरेन।चैतमासको जोसिलो हुरिले छेउ लाउलाकी जस्तो डाडाभाटा सर्लाक्कै छुट्टिने शरीर बेन्चको एक छेउमाथचक्क बिसायो र बोल्यो सानो स्वोरमा दाइ चिया दिनुन।अनुरोध गर्यो।केही बेरमा चिया आयो कप समाउदै अल्छिगरेझै आफुतिर तान्यो।पिउन मन नै छैन भने के मागिरा नि।पसले दाइले भन्नू भो।फेरि बोल्यो हैन पिउछु नि तातो छर पो।फेरि पसलेदाइ बोल्नुभो हैन चिया तातो नभएर के तातो हुन्छ त कि चिसो चिया दिउ।उ बोलेन चुपचाप बस्यो केही बेरमा कप उठाउदै चुस्की लिन खोज्योर आखालाइ पर हेर्यो फुत्तकप टेबलमा राख्यो फेरि एक फेरा हेर्यो।पर बाटोमा एक जोडि बैसालु मन यतैतिर आउदै गरेको देखेर रैछ।नियाल्यो फुर्तिलो मन एक अर्को को हात समाउदै हासोको लहर छर्दै मन्द सिरेटोको सर्को ले कालो र लामो केस उडेझै फुर्तिलो हिडाइमा थोरै कर्केनजरले एक अर्कालाइ हेर्दै खिसिक्क हास्दै आफ्नो गन्तव्य भेट्ने सोचबोकेर माधुर्यता लाई साथ लगाइ कसैको वास्तैनगरी हेनिरहेको जोडि।

उ एक फेरा झस्क्यो मनभरी भयो कुडिएको मन भरी नअटेर उस्का याद हरु आखाभरी क्यामेराको रिलझै घुमिरहे।”सम्झ्यो मनमनै भन्यो कास मेरिउनी म सङ्गै हुन्थिन”आफ्नो मन चोरेर हराएको स्मृतिको दुस्मन मायाका याद हरुमा आफैलाइ बिलिन बनायो।

त्यो एक समय उस्लाइपनि केहीकुराको कमि थिएन।हरेक प्रहर के गर्दै हुनुन्छ,तपाइलाइ कस्तो छ,के खानुभयो,कहाँ हुनुहुन्छ, जस्ता अनेक प्रस्नका उत्तर हरुको पाजो मिलाइ उनिलाइ जवाफ दिदै आफ्नो दैनिकीमा रमाउने उस्को मन हराएको मनलाई सम्झदैमा डराएर पिडामा कापी कापी आफुलाइ उजाड बनाउदै छ। उ आफ्नी हुन नसकेको मायालाइ सम्झेर मर्माहत हुन्छ।र आफैलाइ प्रश्न गर्छ।हैन मलाइ खुसी देख्दा किन रिसाएउ र दैब मेरि उस्लाइ किन म सङ्ग टाढा गराएउ।किन म रमाउदा हास्दा खेल्दा तिमिलाइ के असर भयो र आखिर सन्सार त सबै हासी खुसिनै छ।यस्तै यस्तै।फेरि आफैलाइ सम्झायो।खै बिधिको बिधान होला न टार्न सकिन्छ न रोक्न नै।

चिया सेलाइ सक्यो वास्तै गरेन खाउकि न खाउ भयो।बिगत लाई सम्झदा परेको बर्शातले उस्को मनमा अटनै नसक्ने भेलको सिर्जना गर्यो नचाहदा नचाहदै पनि लोककै सामुन्ने मनसबै हिलाम्मे बनायो बाढिको बहाबले आत काटिएर आफैलाइ थेग्न नसक्ने ढिस्का हरु साना ठुला चट्टान हरु काठ झार पात सबै मिसिएर आए अनि पालैपालो दफार्दै चोट छोड्दै जान थाले जसो तसो फड्किने कोसिस गर्यो रुझेको धमिलो मन बोकि किनारासम्म पुर्याउन छुट्टीएका मनरुपी बिस्मृती लाई समेट्नै नसकेर आफैलाइ बगायो।

फेरि सम्झ्यो कत्ती सपना साटेकी थिएउ।कुरै कुरामा तिमी उत्तिनै रमाएकी थिएउ।मैले त्यतिनै धड्कन भित्र लुकाएको थिए।तिमिले झनै आखाभरी सजाएकी थिएउ।हेर तिम्रोमन मेरोमन सङ्ग अझैबोलिरहन्छ।नदेखेर तिमिलाइ आफैसङ्ग हार्छ।भन्ने गर्थेउ नि तिमी “मन बिसाउने सितल चौतारी हो माया अन्योलयुक्त समय र बितृश्णा लाई सुनैलो भबिस्य तिर मोड्ने सन्जोग हो बन्धन”।तिम्रा हात मा हात मिलाउन कत्ती लामा लामा उकाली र अत्यास लाग्दा ओराली हरु पार गरे कहिले हरेस खाइयो त कतै बेस्सरी थाके झै भो तिमी एकपल रिसाइदिदा जिउभरी पसिना भयो आफ्नै सर्टको फेरले पसिना पुछे।खोचिला र उजाड झै लाग्ने घुम्ती हरुमा टसक्क बिसाउने सितल फलैचा किन बनाउन भुलेहोला सम्झे।कतै तिमिलाइ सङ्ग्सङ्गै

हिडाउने सोचमा तिमिले घुम्ती छिचोल्न न सक्दा तिम्रा हात समाउदै म सहाय बनेथे।कतै तिमी सुकेर प्यासी हुदा त्यही तिर्तिरे धाराको चिसो पानी ले प्यास मेटाएथे त कतै पानी नपाइ आहालको तातो पानी मा डुबुल्की मार्दै ओठ मुख सुकेथे कहाँ सजिलै तय भएथे र पृय तिम्रो मन सम्म को यात्रा।

अग्गेठमा चिर्पट सल्किएर अङ्गार बन्नै लाग्दा अगो निभ्ने डरले ठुटा झोस्दै गर्दा एक झिल्को फिलुङ्गो पाखा लाग्यो कतै पोल्ने हो कि भनी डराएको मान्छेको मन जितेर तय गरेको यात्रा आखिर तिमी खरेटो बोकेर छेउ आउदा सम्भब भएथ्यो।सङ्कालाई बढार्न सिपालु तिमी मन भित्रका कोइला हरुलाइ कसिङ्गर लगाउदै धुल्मुले दलान लाई रातो माटो र गाइको गोबर ले लिपेर चिटिक्क पारी अन्तर आत्माको मझेरि सङ्गै घरलाई झुल्केघाम भन्दा पहिला नै सिगार्ने कोसिस गरेउ पृय यहित थियोनी तिम्रो मन ले मेरो मन लाई आफ्नो बनाउने सुरुवात।

यो मन त्यो मनलाइ घरी घरी सम्झाइरहन्थ्यो म नजानेर कहिले गलत पनि बोल्छु रिसाइदिन्छु।तिमी म सङ्गै रहने प्रण गर।भेट नहुन्जे भेट भएसी जे गर्छ मायाले गर्छ।समयले दुई किनारालाइ पनि एक बनाउला कुनैदिन जुनदिन नदिले आफ्नो दिशा मोड्ने छ र बर्सै ताप मा खर्केर पर्खिरहेका बालुवालाइ चिस्यान बनाउने छ।तिमी किन अत्तलिन्छेउ दुई मुटु एक मन हुने दिन आउलानी कहिलेत।अनि त्यही बेला धेरै दुख सुखका कुरा गरौला मनका मैला हरुलाइ हासो खुसी मा बदलौला।कत्ती प्यारा छन तिमिले बोलेका वाक्यहरु हरेक शब्दमा मिठास भरिएर आतभरी लुकेका छन।न आवोसन भन्दा पनि तिम्रो याद्ले अफै ढोका खोलेर दर्शन गर्छ मनको।अझै भनौ भने बोलिको अन्त्यमा तिमिले निन्याउरो उच्चारण मा भन्ने “बाइ”कसरी भुल्न सक्छर यो मन।

त्यही साझ त हो नि मीठो बोलिमा बाइ भनेर छुट्टिएकी तिमी भोलि बिहान कतै हस्पिटलको बेड्मा थिएउ रे सुनेको मैले संचित र बग्रल्त यादहरु सम्हाल्न नसकी तिम्रो मुटु धुजा धुजा भयो रे खै किन त्यति कम्जोर मुटु बोकेर यता आएउ तिमी।जीवन को अन्त्य सम्मसङ्गै लैजानु पर्छनि कतै थाके भनेपनी छोड्न पाउनेछैनौ नि मेरा हातहरु भन्थेउ।म चाहेर तिमिसङ्ग एक पल पनि छुट्टिन्न भनेउ।यात्रा भरिका तिता मिठा अनुभव सम्झनामा सिमित बनाइ चटक्क अस्ताएउ।तर योमन पर्खिरहेथ्यो बिहानी मिर्मिरेमा र भन्दै थियो – रुप सिङ्गारेर मेरो दिर्घायुकोलागि मन्दिर गइ वर माग्ने आसा मा अबिर अक्षता र फुल सहित को थाली लिइ बाटो लागेकी तिमी कहिल्यै फर्केर आइनौ।आशा बोकेर मन भरी म पर्खिरहे उनको मुहार मा सजिएको उल्लहस निधारको रातो टीका मलाइ प्रशाद दिन नजिकै आइपुग्दा को एक प्रेमिल बहाना अनि त्यही तिम्रो सर्माइलोपन सङ्ग लुकेको एक झल्को खुसीलाई नजिकैबाट नियाली आफ्नो सुनौलो बिहानीको सुरुवात गर्न तम्तयार मन अझै आशुमा तैरिरहेका धमिला नानीहरुले कोसौ टाढा क्षितिजमा देखिने बिन्दु नियाली रहेछन।तरपनि नदेखेर त्याहा तिम्रो आकृती झस्केर भन्छ मन त्यो बिन्दु हो र त्यो त परिबर्तित चट्टानमा हुने प्रकाश को परिबर्तनहो।
त्यो कसरी हुन्छ बिन्दु।त्यो त मिराज पो रैछ।
सम्हाल्छ आफैलाइ त्यो मायाम बेहोस भएको मन र दुखी बन्छ।अन्त्य नभएको बाटोमा पाइला चाल्यो पीडाभित्रको राप मा आफैलाइ सेकायो।कठ्याङ्गृदो चिसोमा पनि पसिनाले बदन भिजायो।जुरुक्क उठ्यो हिड्न खोज्यो नसकेर पाइलानसकेर पाइला चाल्न छेउ भित्तो लर्खरायो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार