जिसस पाँचथरको प्रमुखमा आङ्देम्वे र उपप्रमुखमा आङ्बो,दुवै जना नेताका दाजुभाइ

  नयाँ बुलन्द
490 Shares

पाँचथर: जिल्ला समन्वय समिति पाँचथरमा सक्तारुढ गठबन्धनका उम्मेद्वारहरुले मात्र उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । गठबन्धनमा रहेका का‌ंग्रेस,नेकपा माअाेबादी केन्द्र र नेेकपा एकिकृत समाजबादीले उम्मेद्धारी दर्ता गराएका छन् ।

प्रमुखमा कांग्रेसका रामराज आङदेम्बे र उपप्रमुख नेकपा माओबादी केन्द्रका यामकुमार आङवो सहितको पुरै टिमले उम्मेद्वारी दर्ता गराएका हुन् । प्रमुखमा उम्मेद्वारी दर्ता गराएका रामराज आङदेम्बे नेपाली कांग्रेसका केन्द्रीय सह महामन्त्री भिष्मराज आङदेम्बेका सहोदर भाइ हुन् । उपप्रमुखमा उम्मेद्वारी दर्ता गराएका यामाकुमार आङवो १ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङबो “मौषम” का सहोदर दाजु हुन् ।

सदस्यहरूमा कांग्रेसबाट डीलेन्द्रकुमार शेर्मा,टेकराज योङहाङ र हिमवती जवेगुको उम्मेद्वारी दर्ता हुदाँ नेकपा माओबादी केन्द्रको तर्फबाट रिना गुरुङ मणिकुमार थाम्सुहाङ,अमृत राई र नेकपा एकिकृत समाजबादीको तर्फबाट लेन्जु थाम्सुहाङको उम्मेद्वारी दर्ता भएको हो ।
जिल्ला समन्वय समितिमा आवश्यक ९ जनाको मात्र उम्मेद्वारी दर्ता भए पछि पुरै टिम निर्विरोध निर्वाचित भएको सहायक निर्वाचन अधिकृत राजन सुबेदीले जानकारी दिए ।

निर्वाचन कार्यतालीका अनुसार उम्मेद्धार माथि दाबी बिरोधको कार्यतालीका भोली भए पनि अरु कसैको उम्मेद्धारी नपरेकाले कानुन अनुसार दाबी बिरोध नहुने सुबेदिले केन्जोखबरलाई बताए । आवश्यक ९ जनाको मात्र उम्मेद्धारी परेकाले भोली १ बजे सफथ गराउने तयारी रहेको सुबेदीले जानकारी दिए ।

जिल्ला समन्वय समितिका लागी कांग्रेस संग ७ मतभार, नेकपा मओबादी सँग ६ मतभार र एमाले संग ३ मतभार रहेको छ । जिल्ला समन्वय समितिमा निर्वाचित हुनको लागी ८ मत भार चाहिन्छ । कांग्रेस र मओबादी मिल्दा १३ मत पुग्छ ।

जिल्ला समन्वय समितिका लागि स्थानीय तह प्रमुख, उपप्रमुख, वडाध्यक्ष, सदस्यले उम्मेदवारी दिन पाउनेछन् । मत भने स्थानीय तह प्रमुख र उपप्रमुखले मात्रै दिन पाउने व्यवस्था छ ।-केन्जो खवरबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार