प्रति लिटर १० रुपैयाँ घट्यो पेट्रोल,डिजेल र मट्टितेलको मूल्य

 

facebook sharing button
twitter sharing button
whatsapp sharing button
messenger sharing button
email sharing button

 

इलामः नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगमले ती सबैमा प्रतिलिटर १० रुपैयाँ मूल्य घटाएको हो ।

घटेको मूल्य बिहीबार राति १२ बजेदेखि लागू हुने छ । अर्थले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाई मूल्य समायाेजन गर्न भनेअनुरुप निगम संचालक समितिको बैठकले मूल्य घटाएको हो । अब पेट्रोलकाे मूल्य प्रतिलिटर १७० रुपैयाँ पर्नेछ । डिजेल र मट्टितेलकाे मूल्य प्रतिलिटर १५३ रुपैयाँमा झरेको छ ।-कान्तिपुर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार