माईमा नगर कार्यपालिकाले पायो पुर्णता

  नयाँ बुलन्द
1.1k Shares

माई : इलामको माई नगरपालिकामा निर्वाचित ८ जना कार्यपालिका सदस्यको सर्वसम्मत निर्वाचित भए संगै नगर कार्यपालिकाले पुर्णता पाएको छ।

बुधवार सम्पन्न निर्बाचित कार्यपालिका सदस्यलाई प्रमाणपत्र वितरण तथा सपथ ग्रहण कार्यक्रम संगै कार्यपालिकाले पुर्णता पाएको हो।

नवनिर्वाचित कार्यपालिका सदस्यमा एमालेका तर्फबाट ५ महिला सदस्य र २ जना अल्पसंख्यक समुदायबाट छनौट हुनुभएको छ भने जनता समाजबादी पार्टीवाट १ जना छनौट हुनुभएको छ।

नगरकार्यपालिका महिला सदस्यमा एमालेबाट शान्ता राई माई-३, शोभा राई-माई-५, तेजकुमारी लिम्बु माई-७, खगिमाया राई माई-८ र कल्पना बिश्वकर्मा माई-९ ले मनोनयन गरेका छन । दलित तथा अल्पसङ्ख्यक समुदायवाट दलबहादुर शंकर माई-४ र राजेन्द्र बान्तवा राई (अर्जुन) माई-१ ले मनोनयन गरेका हुन्। एक सदस्य भने जनता समाजबादी पार्टीवाट करसिंह कुलुङ्ग राई माई-१ निर्बाचित हुनुभएको निर्वाचन अधिकृतको कार्यालय माईका प्रमुख फणिन्द्र राज भट्टराईले जानकारी दिनुभयो ।

प्रमुख भट्टराईले निर्वाचन सहज र शान्तिपूर्ण सम्पन्न गर्न सहयोग गर्ने राजनीतिक दल, स्थानीयवासी लगायतलाई धन्यवाद दिनुभएको छ।

यसै विच माईका मेयर खम्बसिंह लिम्बुले नव निर्वाचित कार्यपालिका सदस्यहरुलाई शपथ ग्रहण गराउदै अव कुनै दल, पक्ष र समुहको भन्दा पनि समग्र माईको विकासमा एकजुट भएर लाग्न सबै निर्वाचित जनप्रतिनिधिलाई आग्रह गर्नुभएको छ। वहाँले आफु निर्वाचित भएसंगै आफुहरुका विरुद्ध राजनीतिक समुहका नाममा गैरराजनीतिक समुहले झुटा आरोप लगाउदै चरित्र हत्या गर्ने प्रयास गरेको वताउनु भएको छ। मेयर लिम्बुले जनतालाई चाँडो सत्यतथ्य जानकारी स्थानीय सरकारको तर्फबाट गराउने समेत जानकारी दिनुभयो। वहाँले माईलाई नमुना नगर बनाउन विचलित नभई काम गर्ने समेत कार्यक्रममा निर्वाचित जनप्रतिनिधिलाई आग्रह गर्नुभएको छ ।

मेयर लिम्बुको समेत संलग्नतामा माईको चेप्टीमा निर्माणधीन ह्यापी ड्रिम चेप्टी फनपार्क सरकारी जमिन हड्पेर वनाएको आरोप विभिन्न संचारमाध्यममा आएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार