बीएण्डसी अस्पतालका डाक्टरको सेवा इलामको आदर्श पोलिक्लिनिबाटै पाइने

  नयाँ बुलन्द
609 Shares

इलामः  झापाको विर्तामोडस्थित बीएण्डसी अस्पतालका सिनियर मेडिकल अफिसर डाक्टरद्वारा इलामको आदर्श फार्मेसी एण्ड पोलिक्लिनिकमा सेवा उपलब्ध गराउने भएका छन् ।

बीएण्डसी अस्पतालका संचालक दुर्गा प्रसाई र कार्यकारी निर्देशक निराजन प्रसाई तथा आदर्श पोलिक्लिनिकका संयोजक महेशकुमार श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत सुदिप श्रेष्ठबीच बुधबार सम्झौता भएको हो ।

दुर्गम क्षेत्रका बृद्ध र असक्त बिरामीहरुलाई टाढा गएर उपचार गर्न कठिन हुनसक्ने अवस्थालाई मध्यनगर गर्दै सबैको स्वास्थ्य उपचारमा पहुँच पुर्याउने उदेश्यले सेवा संचालन गर्न लागिएको पोलिक्लिनिकका कार्यकारी अधिकृत श्रेष्ठले जानकारी दिए ।

बीएण्डसी अस्पतालका सिनियर मेडिकल अफिसर डाक्टर अमृत पोखरेलले असार १ गतेदेखि इलामको आदर्श पोलिक्लिनिकबाट २४ घण्टा सेवा प्रदान गर्ने अस्पतालका जनसम्पर्क विभाग प्रमुख बिपिन गिरीले जानकारी दिए । अस्पताल र पोलिक्लिनिक विच १ वर्षका लागि डाक्टर उपलब्ध गराउने सम्झौता गरिएको हो । आदर्श बहुउद्देश्यीय सहकारी संस्था इलामद्वारा सञ्चालित आदर्श फार्मेसी तथा पोलिक्लिनिक र अस्पताल वीच २ वर्षदेखि नै व्यवसायिक साझेदारीपत्रमा हस्ताक्षर भई सहकारीका २ हजार सदस्य र सदस्यको आश्रित परिवारलाई अस्पतालमा १० प्रतिशत छुट उपलब्ध गराईदै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार