पन्तको स्वरमा दिपक ओलीको ‘एकै नजर हेर्दैमा माया बस्यो कसरी’ रेकर्डिंग सम्पन्न

  नयाँ बुलन्द
462 Shares

इलामः चर्चित गायिका अन्जु पन्तसंग नबगायक गोपि लुङ्गेलीको युगल गीत रेकर्ड गरिएको छ। नक्साल स्थित पर्पल स्टुडियोमा रेकर्ड गरिएको ‘एकै नजर हेर्दैमा माया बस्यो कसरी’ बोलको गीतमा फनिन्द्र राईको एरेन्ज तथा दिपक ओली र कैलास कार्किको शब्द रहेको छ।

लामो समयदेखी गीतसंगीतमा लागिपरेका झापा सुरुङ्गाका संचारकर्मी दिपक ओली मोफसलमै बसेर आफ्नो गीतसंगीतहरु अघि ल्याउने गर्दछन। हुन त ओलीलाई संगीतकारको रुपमा धेरैले चिन्नु हुन्न। उनी दमकमा रहेको पाथिभरा एफएम ९३.६ मा चर्चित रेडियो कार्यक्रम खुल्ला मंचका प्रस्तोता भनेर बढि परिचित छन।

आर्थिक अवस्था कमजोर भएका मोफसलमा ओझेलमा रहेका राम्रा गायन प्रतिभाहरुलाई आफ्नो रेडियो कार्यक्रम खुल्लामञ्चमा फाइनल राउन्डमा बिजेता हुन सफल प्रतिभालाई आफैले सम्पुर्ण खर्च बेहोरेर गीत रेकर्ड गर्न सुरु गरेका छन । जस्मा ओलिलाइ दमकमा रहेको काब्य रेकर्डका असोक थापाले साथ दिने गरेका छन। हाल उनी दृष्टिबिहिन धिरेन्द्र बिकलाई गायक बनाउन लागिपरेका छन।

२ दर्जन गीत रेकर्डिङ गरि सकेका दिपकको आधा दर्जन गीत युट्युबमा हेर्न सकिन्छ। दीपक ओलिको संगीत रहेको गीत निकै राम्रो बनेको अन्जु पन्तले बताएकी छिन। प्रेम राई र मेलिना राइको स्वर रहेको दिपकको शब्द संगीत रहेको ‘राम राम तिम्रो कसम ढाटे मरि जाउ’ गीत निकै चलेको थियो।–इन्द्रेणी खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार