सरकारी बन मासेर निजी स्तरबाट पार्क निर्माण गरिएको भन्दै कांग्रेस इलामद्वारा आपत्ति  

  नयाँ बुलन्द
280 Shares

इलाम :  इलामको माई नगरपालिकामा सामुदायिक बन मासेर निजि स्तरबाट पार्क निर्माण गरिएको प्रति नेपाली कांग्रेस इलामले आपत्ति जनाएको छ । जिल्ला कार्य समिति इलामले बिज्ञप्ति जारी गर्दै गम्भिर ध्यानाकर्षण भएको हो । माई नगरपालिका २ र ८ मा अविस्थत ह्याप्पी ड्रिम्स द्धारा सञ्चालित चेप्टी फनपार्कले सरकारी जमिन हडपेको समाचार बिभिन्न सञ्चार माध्यममा आएको छ ।
समाचारमा फनपार्क सञ्चालक, बनका कर्मचारी तथा राजनिति दलका प्रतिनिधिको मिलेमत्तोमा सो कार्य भएको प्रति कांग्रेसको ध्यानाकर्षण भएको जनाइएको छ । सरकारी बन अनाधिकृत रुपमा मास्न  र फडानी नपाइने भएपनि वातावरणिय दृष्टिले अति सम्वेदनशिल चुरे क्षेत्रमा यस्तो कार्य हुनु असामान्य भएको भन्दै तत्काल छानमिन गरी दोषी उपर कारबाहीको माग गरिएको छ । नेपाली कांग्रेस इलामका सभापती डम्बरबहादुर खड्काद्धारा हस्ताक्षरित बिज्ञप्तीमा हालका माई नगरपालिकाका मेयर खम्बसिंह लिम्बू, बन कार्यालय इलामका तत्कालिन कार्यालय प्रमुख इन्द्रनारायण भण्डारी र पार्क सञ्चालक दिनेश शिवाकोटी उपर छानमिन हुनु पर्ने माग स्थानियले समेत गर्न थालेका छन् । साथै अन्य ब्यक्तिहरुको समेत सम्लग्नता समेत भएको हुन सक्ने भएकाले यस घटनालाई सामान्य हिसावले हेर्न नहुने बताइएको छ ।
सामुदायिक बनको ४५ रोपनी र करिव ३ सय रोपनी ऐलानी जग्गा मासेर सो फनपार्क निर्माण भएको उल्लेख छ । साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत स्थानियले उजुरी दिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार