तुम्वेवामा प्रसुती र अपाङ्गलाई एम्बुलेन्स सेवा,मृतक परिवारलाई ५ हजार दिइने

  नयाँ बुलन्द
756 Shares

पाँचथर: तुम्वेवा गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले पदभार ग्रहणसंगै तीनवटा निर्णय पारित गरेका छन् । सदरमुकाम फिदिमदेखि टाढा  जिल्लाको दक्षिणी भेगमा रहेको यस पालिकाले सुरक्षित प्रसुती र अपाङ्ग नागरिकहरुको लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याउने भएको छ । साथै पालिकाका नागरिकको मृत्यु भएमा मृतक परिवारलाई काजकिरिया वापत नगद ५ हजार रुपैंया दिने निर्णय गरेको छ ।

जिल्लाको दुर्गम क्षेत्रमा पर्ने यसपालिकाका नागरिकको हकालमा ज्यान नजाओस् भनेर सुरक्षित प्रसुतीको लागि नि:शुल्क एम्बुलेन्स सेवा ब्यवस्था गर्ने निर्णय गरिएको पालिका अध्यक्ष बाबुराम खड्काले बताए । अपाङ्ग लक्षित कार्यक्रम अन्तर्रगत ‘क’ बर्गका अपाङ्गता भएका व्यक्ति गम्भीर बिरामी भएको अवस्थामा नि:शुल्क एम्बुलेन्स सेवाको व्यवस्था गर्ने निर्णय समेत गरेको छ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार