पाँचथरः कुम्मायक गाँउपालिका, गाँउकार्यपालिकाको निर्वाचनमा एमालेका सवै उमेद्वार निर्वाचित भएका छन । सोमबार सम्पन्न कार्यपालिका सदस्य निर्वाचनमा दलित वा अल्पसंख्यक समुदायबाट ४ जनाको उमेद्वारी दर्ता भए मध्ये डिकबहादुर दर्जी र लक्ष्मी नेपाली निर्वाचित भएका छन् ।
यता कार्यापालिका महिला सदस्यमा ८ जनाको उमेद्वारी दर्ता मध्ये गंगादेवी बोहोरा,बेदमाया चापागाई, ईन्द्रसरी विश्वकर्मा र धनमाया तामाङ निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालय कुम्मायकले जानकारी दिएको छ ।
आज भएको निर्वाचनबाट गाँउसभा र गाँउकार्यपालिकाले पूर्णता पाएको छ । २९ सदस्यीय गाँउसभा गठन भएको छ भने १३ सदस्यीय गाँउकार्यपालिका गठन भएको छ । गाँउकार्यपालिकामा एमालेले बहुमत प्राप्त गरेको छ । गठबन्धनका अध्यक्ष / उपाध्यक्ष सहित ४ जना र एमालेका ३ वडाध्यक्ष सहित ९ जना रहेका छन् ।