इलामः “पोहोर साल खडेरीले धुलो चटायो यस वर्ष पानी झरिले हिलोमा लट्पट्यायो।”
बिटे,ज्योति, होलुङ्गे, फारसे,एमएस,निले, झ्याले आदि प्रकारका आलुहरुको उद्गमविन्दु मानिने क्षेत्र मध्येको इलाम देउमाइनगरपालिक-१,धप्परटार एक शुद्ध अर्गानिक आलु उत्पादन क्षेत्र हो। पौस देखि माघ महिना भित्रमा यसको रोपाइ हुन्छ भने जेठ र असार महिना खन्ने थन्क्याउने समय हो।
गत बर्ष आलुखेती सुरु भए पश्चात् छिटफुट पानी पर्नु बाहेक अन्तिम आलु निकाल्ने समय सम्म खडेरीले सताउनु सतायो र अत्यन्तै न्यून उत्पादन भइ बिउ जोगाउन हम्मे हम्मे परि बिउको सिजनमा भाउ चुलिएर किन्नै नसकिने थियो । सरदर साठ्ठी /सत्तहरी रुपैयाँ प्रति किलोग्राम पर्ने आलु एक सय भन्दा माथि भयो। उत्पादनको हिसाबले अघिल्लो साल भन्दा यो वर्ष अलिक बढी वर्षा हुँदा बोटैमा कुहिने र खुम्ल्याह किरा लाग्ने डर भएको किसानहरु बताउँछन् ।
समुन्द्र सतह देखि लगभग १६०० मिटर उचाईमा इलामका रक्से धप्परटार देउराली,राँकेमैदाने र यस भूगोलसंग जोडिएका पाँचथर फाल्गुनन्द गाउँपालिका अन्तर्गत पौवा,मालिङ्गिनी, चिम्फुला चिलिङ्गदेन,जौबारी र सिङ्हाङ लगायतका क्षेत्र व्यावसायिक अर्गानिक नगदे खेती गरिने स्थान हुन्। यस क्षेत्रमा बिटे, झ्याले, एमएसको उत्पादन राम्रो हुने गर्दछ ।
शहर बजारमा डेराबसेर पढ्ने विद्यार्थीलाई तरकारीका लागि खुद्रा किन्न समेत ग्राहकहरु आउने बताउँछ्न् पाँचथरको फाल्गुनन्द-४ निवासी सयन नेम्वाङ । एक दशक भन्दा बढी आलुखेतीमा अनुभव भएका नेम्वाङ झ्याले आलु सेतो,लाम्चो, सुकिलो र हेर्दै खाउखाउ लाग्दो हुन्छ भन्ने गर्नुहुन्छ । हालको भाउ बिक्री अनुसार राम्रो उत्पादन हुँदा वार्षिक एक लाख रुपैंया हाराहरीसम्म कमाइ हुन्छ र आलु खनीसके पछि त्यस ठाँउमा बेमौसमी सब्जी मटर बन्दाकोपि र मुला जस्ता तरकारी लगाइने उनको भनाइ छ । यस क्षेत्रमा अन्य कृषकहरु पनि खेती गर्ने गर्दछ्न्।
स्थानीय ग्राहकको आवश्यकता अनुसार बिक्री पछि घुर्बिसे पन्चमी, राँके र धप्परटार बजारका व्यापारीले संकलन गरि फिक्कल बजार र झापा चाराली स्थित सब्जि भण्डार तथा बिक्रि केन्द्रमा लैजाने हरेको व्यापारीहरु बताउँछन् ।
प्रशस्त उत्पादन हुँदा गाउँघरबाट कृषक स्वयंले आलु खरिद गर्न अनुरोध गर्दै पसलमा ल्याउने गर्थे भने आजकाल एक अर्कोमा लुच्छाचुडी गरि किन्नेहरुको धुइरो लागेको व्यापारीकजो भनाइ छ । यी क्षेत्रमा थप कृषि विशेषज्ञ मार्फत आवश्यक तालिम हुनु र उन्नत जातका बीउबिजन सहित सुबिधा पाउने हो भने अझै उत्पादन बढ्ने र कृषकमा पनि जोस जागर थपिने फाल्गुनन्द-४,चिलिङ्दिन निवासी अगुवा कृषक टीका नेम्बाङको बताउँछन् ।