इलामः सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि ल्याएको बजेटमा किसान पेन्सन योजना ल्याउने जनाएको छ । अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदमा प्रस्तुत गरिरहेको बजेटमा यस्तो ब्यवस्था गरिएको जानकारी दिनुभएको हो ।
‘किसान हुनुमा आत्मसम्मान गौरव बढाउन किसान पेन्सन योजना अगाडि सारेको छु,’ अर्थमन्त्री शर्माले भन्नुभयो, ‘यो योजना अन्तर्गत किसान हितकोष स्थापना गर्ने र त्यसका लागि बीउ पुँजीमार्फत एक अर्ब विनियोजन गरेको छु ।’
अर्थमन्त्री शर्माले बजेटको पहिलो प्राथमिकता कृषि क्षेत्रको रुपान्तरण रहेको पनि बताउनु भयो । शर्माले बजेटका विभिन्न प्राथमिकताहरु प्रस्तुत गर्दा कृषिलाई पहिलो नम्बरमा राखेको जानकारी दिनुभयो ।