इलामः सरकारले ७० वर्ष उमेर माथीकालाई मात्र दिदै आएको वृद्धभता ६८ वर्षमाथिका ज्येष्ठ नागरिकलाई दिने भएको छ ।
संसदमा आर्थिक वर्ष २०७९ र ०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यसअघि रहेको ७० वर्षको दायरालाई बढाएर ६८ वर्षमा ल्याइएको बताउनुभयो । ज्येष्ठ नागरिकले मासिक ४ हजार रुपैयाँ पाउँदै आएका छन् । सरकारले विभिन्न शीर्षकका समाजिक सुरक्षा भत्ताका लागि १ खर्ब ३४ अर्ब करोड रुपैयाँ विनियोजन गरेको छ ।