६ कक्षासम्मका विद्यार्थीलाई दिवा खाजा दिइने,शिक्षातर्फ ७० अर्ब ५ करोड बजेट

  नयाँ बुलन्द
126 Shares

फाइल तस्वीर

इलाम : सरकारले शिक्षा मन्त्रालयका लागि ७० अर्ब ५ करोड बजेट विनियोजन गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि क्षेत्रको विकास र स्तरोन्नतिका लागि उक्त रकम विनियोजन गरेको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए।

त्यस्तै,प्रदेशमा ५ अर्ब ३२ करोड र स्थानीय तहमा १ खर्ब २१ अर्ब १ करोड रुपैँया विनियोजन गरिएको अर्थमन्त्री शर्माले जानकारी दिए। त्यस्तै प्राविधिक शिक्षाको तालिमका लागि ८ अर्ब ३० करोड र शैक्षिक सुधार कार्यक्रमअन्तर्गत १ हजार २०० विद्यालयका लागि प्राविधिक भवन बनाइने जानकारी दिए।

आइतबार बजेट भाषणमार्फत् अर्थमन्त्री शर्माले विद्यालयहरुमा दिइँदै आएको दिवा खाजाको व्यवस्था कक्षा ८ सम्म लागू गर्ने जानकारी दिए। त्यसका लागि यस आर्थिक वर्षयमा कक्षा ६ सम्म दिवा खाजाको व्यवस्था गर्ने अर्थमन्त्री शर्माले जानकारी दिए।

उनले प्रत्येक प्रदेशका २० वटा विद्यालयमा कम्पयुटर, इन्टरनेट आदिको व्यवस्थाका लागि २० करोड बजेट विनिजियोन गरेको जानकारी दिए। उनले उत्कृष्ट समुदायिक विद्यालयहरुलाई नमुना विद्यालयको रुपमा घोषणा गर्ने र पुरस्कृत गर्ने व्यवस्था मिलाइने जानकारी दिए।

उनले गुणस्तरीय शिक्षा प्रदान गर्न प्रत्येक सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई विद्यालय व्यवस्थपन समितिको स्वीकृतिमा ५ लाखसम्म खर्च गर्न अनुमति दिने जानकारी दिए।

त्यस्तै प्राविधिक शिक्षाको विस्तार गर्नुका साथै विदेशमा पढ्न जानहरुको संख्या न्युन गर्न त्रिविलगायतका विश्वविद्यालयहरुको स्तरोन्नति गरिने जानकारी दिए।

त्यस्तै विदेशी विद्यार्थीहरुलाई आकर्षित गर्न कोटाको व्यवस्था गर्ने र भिसा तथा आवासलगायतका कुराको सहज व्यवस्थापन मिलाइने जानकारी दिए।

त्यस्तै जनसंख्याको अनुपातमा स्वास्थ्य सेवाअन्तर्गत चिकित्सा शिक्षालगायतको क्षेत्रलाई सहज बनाइने र वर्षको दुई पटकसम्म भर्ना हुने व्यवस्था मिलाइने अर्थमन्त्री शर्माले जानकारी दिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार