छ्थर गाउपालिकामा आईतवार पनि बिद्यालय खुल्ने ।

  टीआर सेनेहाङ
1.1k Shares

छथर गाउकार्यपालिका तेह्रथुमकाे प्रथम बैठक सम्पन्न बिहिवार सम्पन्न भएको छ । बैठकले पारित गरेका निर्णय निम्न छन् ।
(१) स्थानिय तह निर्वाचन सम्पन्न गर्न गराउन भुमिका खेल्ने सबै राजनितिक दल, मतदाता, राष्ट्रसेवक कर्मचारी,शिक्षक, मतदान केन्द्र कर्मचारी, निर्वाचन कर्मचारी, शुरक्षा निकाय, नागरीक समाज, पत्रकार, पर्यवेक्षक, म्यादी प्रहरी, समर्थक, सुभेच्छुक सबैमा धन्यवाद ज्ञापन ।
(२) कार्यपालिका, गाउसभा सदस्यहरूले ओैपचारीक सभा बैठकमा अनिवार्य दाैरा सुरूवाल, साडी चाेलाे तथा जातिय पाेसाख लगाउने ।
(३) १ घर १खानेपानी धारा अभिायनका लागी यहि महिना वडा न.ं ५/६ मा ढाँडखाेला खापा संचालन गर्ने, २,३,४ मा तेलिया खापा पुरा गर्ने, डङ्डङ्गे खापा मुल थप गर्ने, शुक्रवारे बजारकाे लागी नयाँ याेजना संचालन गर्ने, दिर्घकालिनका लागी तमाेर लिफ्टीङ्ग, लम्बु तेलिया शाैर्य लिफ्लिङ्ग पहल गर्ने र आकस्मिक प्रयाेजनका लागी डिवबाेरिङ्ग चालु अवस्थामा राख्ने ।
(४) गाउपालिकामा बसाेबास गर्ने भुमिहिन सुकुम्बासीहरूलाई नि:शुल्क जग्गा प्रदान गर्ने, अब्यस्थित बजार र उत्पादनमा आधारित भाेगचलनमा रहेका जग्गाहरूलाई भाेगचलनकाे निस्सा वितरण गर्ने ।
(५) गाउपालिकाकाे प्रसासनिक भवन निर्माणका लागी डिपिआर तयार गरी निर्माणमा पहल गर्ने ।
(६) गाउपालिकामा संचालनमा रहेका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा आईतवार पनि नियमित पठनपाठन गर्ने गराउने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार