सुसाङमा स्मृति अक्षयकोषद्वारा कुम्मायकका ५० विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान

  पदम सुखी सम्बाहाम्फे
182 Shares

 

यसोक:  सुसाङमा फेवदेन स्मृति अक्षयकोषले यासोकको कुम्मायक गाउँपालिकास्थित अमृत आधारभूत विद्यालयका ५० जना जेहेन्दार विद्यार्थीलाई पुरस्कृत गरेको छ । विद्यालयको छैटौं बार्षिकी अक्षयकोष समारोहमा विद्यार्थीहरुलाई २६ हजार ५ सय मूल्य बराबरको स्कुल ब्याग बितरण गरेको हो ।

विद्यालयका निम्न आय भएका अनुशासित जेहेन्दार विद्यार्थीहरुलाई पुरस्कार दिइएको अक्षयकोषका अध्यक्ष पदम फेवदेनले बताए ।

स्वः सुसाङमा फेवदेनका बुबा अम्बर बहादुर फेवदेन र आमा देविन्द्रकुमारी शेर्मा फेवदेनका छोरी हुन् । २०५८ माघ २० गते जन्मिएका सुसाङमाको २०६८ कार्तिक १२ गते उपचारका क्रममा युकेमा निधन भएको थियो । १० बर्षको कलिलो उमेरमा निधन भएकी सुसाङमा अमृत आधारभूत विद्यालयमा पनि अध्यन गरेको र यस विद्यालयका विद्यार्थीहरुको पढाइमा थप क्षमता विकास होस् भन्ने उद्देश्य रहेकोे कोषका अध्यक्ष फेवदेनले बताए ।

विद्यालयका प्रधानाध्यापक ऋृषिराम गजुरेलले बाटोघाटोमा चौतारी बनाएर पैसा खर्च गर्नुको सट्टामा निम्न आय भएका अनुशासित र जेहेन्दार विद्यार्थीलाई पुरस्कृत गर्दा विद्यार्थीको पढाईमा हौसला पुग्ने बताए ।

उक्त कार्यक्रममा गाउँपालिकाका अध्यक्ष बमप्रसाद लावती, उपाध्यक्ष महेन्द्र बहादुर खड्का, यासोक क्यापस प्रमुख कर्ण लावती लगायत शिक्षक विद्यार्थी तथा अभिभावक र नागरिक समाजको पनि उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार