विद्यालयलाई निशुल्क स्वास्थ्य तथा सरसफाई सामाग्री प्रदान

  नयाँ बुलन्द
168 Shares

इलाम : गोर्खा वेलफेयर ट्रष्ट (GWT)ले इलाम नगरपालिका वडा नम्बर ४ मा रहेका तीन वटा विद्यालयलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।बालमण्डल मावि जस्विरे,रुक्मिणी आवि मलाते, र सिद्धेश्वरी आविलाई ट्रष्टले निशुल्क स्वास्थ्य तथा सरसफाई सामाग्री प्रदान गरेको हो । इलाम नगरपालिकाका प्रबक्ता एबम वडाअध्यक्ष नुतनदेव दुलालका अनुसार सेनीटरी प्याड,मास्क,डस्वीन,पानी ट्याङकी,थर्मल गन लगायत सरसफाइका सामाग्री रहेका छन् ।कोरोना प्याकेज अन्र्तगत सम्पूर्ण सामाग्री नवनिर्वाचित जनप्रतिनिधिहरु वडाअध्यक्ष नुतनदेव दुलाल,वडा सदस्यहरु बिष्णु सुब्वा,पारसमणी काफ्ले,शुसिला विक,सूर्यमाया राई लगायतको उपस्थितिमा विद्यालयलाई हस्तान्तरण गरिएको गोर्खा वेलफेयर ट्रष्टका म्यानेजर कृष्ण सुब्बाले बताए ।प्रति विद्यालय एक लाख मूल्य बराबरका सामाग्री दिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार