जनताका काममा हर्क साम्पाङ ब्यस्त,अरु जनप्रतिनिधि जितको खुशियालीमा मस्त

  नयाँ बुलन्द
84 Shares

 

इलामः धरानका नवनिर्वाचित नगर प्रमुख हर्क साम्पाङ जनताका काममा जुट्न थालेका छन् । देशभरका अधिकांश जनप्रतिनिधिहरु जितको खुशियाली मनाइरहँदा साम्पाङ भने धराने जनतालाई पानी खुवाउन लागिपरेका छन् ।

धरानको खानेपानी समस्या समाधान गर्ने साम्पाङको पहिलो प्रतिवद्धता अनुसार उनले चुनावमा जितेपछि खुशी मनाउने भन्दा काम गरेर देखाउन व्यस्त देखिन्छन् । धरानको खानेपानी मुहानमा पुगेर सरसफाई गर्न उनी आफैं त्यस ठाउँमा पुगेका हुन् । उनले मुहानमा हुने समस्या समाधान गर्न समेत सम्बन्धित पक्षलाई निर्देशन दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार