दुई पालिकामा आइतबार सार्वजनिक विदा नहुने

  नयाँ बुलन्द
273 Shares

इलाम : इलामका दुई पालिकामा आइतबार सार्वजनिक विदा नहुने भएको छ । स्थानीय तह सदस्य निर्वाचन पश्चात पद वहाली गर्दै दुई पालिकाका प्रमुखहरुले यस्तो घोषणा गर्नु भएको हो ।
देउमाई नगरपालिकाका मेयर सूर्यप्रसाद पोख्रेल र फाकफोकथुम गाउँपालिकाका अध्यक्ष दिपेन्द्र खनालले पदबहालीसँगै यस्तो घोषणा गर्नु भएको छ ।

नेपाल सरकारले इन्धनको मुल्य महंगो भएको भन्दै यसलाई कम प्रयोग होस भनेर आइतबार समेत सार्वजनिक बिदा गरेको थियो । शुक्रबार समेत पुरै समय कार्यालय सञ्चालन हुने, अन्य दिन समेत एक एक घण्टा समेय थपेर यस्तो निर्णय गरेको थियो । तर दुई पालिकामा प्रमुखहरुले पदबहाली गर्दै यस्तो बताउनु भएको छ । उहाँहरुले जनताको रुची अनुसार नै यस्तो घोषणा गरिएको बताउनु भएको छ ।
सरकारी कार्यालय तथा बिद्यालयहरुलाई पहिले जस्तै शनिवार मात्र बिदा गर्न निर्देशन दिइएको छ ।

देउमाई नगरपालिकाका प्रमुख सुर्य प्रसाद पोख्रेलले नगरपालिका भित्र सम्पूर्ण गर्भवती महिलाहरूलाई सुरक्षित रूपमा सुत्केरी गराउनका लागि अस्पताल सम्म निःशुल्क लैजाने ब्यवस्था गरिएको बताउनुभयो  । यसका लागि नगरपालिकामा एम्बुलेन्सको संख्या थप गरिने बताउनुभयो । देउमाई नगरभित्र रहेका फुसका छानाहरुलाई बिस्थापित गर्दै लागत सहभागिताको आधारमा नगरपालिकाबाट जस्ता पाता वितरण गरिने बताउनुभयो ।

फाकफोकथुम गाउँपालिका नव निर्वाचित अध्यक्ष खनालले तीन बुँदे आदेश पत्र समेत प्रस्तुत गरेका छन् । सार्वजनिक बिदा लगायत गाउँपालिका भित्र रहेका सम्पूर्ण फुसका छाना एक वर्ष भित्रमा विस्थापित गरिने गरी काम गरिने बताउनु भएको छ । पदबहाली पश्चात उहाँले गाउँपालिकामा लाग्ने शुक्रबारे (हटिया) बजारलाई धुलो र हिलो मुक्तबनाउन तत्काल पक्की गर्न काम अगाडी बढाइने समेत बताउनु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार