इलाममा बिधुत आपूर्तीमा समस्या

  नयाँ बुलन्द
420 Shares

इलाम : इलाममा विगत दुइ दिनदेखि बिधुत आपुर्ति बन्द हुँदा सेवाग्राहि मर्कामा परेका छन् । बिद्युत आपूर्ती बन्द भएपछि दैनिक कामकाज प्रभावित भएको छ । सरकारी कार्यालयबाट नियमित दिने सेवा प्रवाह प्राय ठप्प भएको छ । वडा कार्यालयहरुबाट प्रदान गरिने नागरिकता सिफारीस लगायतका दैनिक कार्य प्रभावित भएको छ । बैंक वित्तिय संस्था, एफएम लगायतका संचार संस्थाको सेवा बन्द भएको छ । विद्युत अनियमितताले अन्य अनलाइन मार्फत हुने सम्पुर्ण काम प्रभावित भएको बताइएको छ । सोमबार विहानदेखि बन्द विद्युत आपुर्ति मंगलबार पनि सहज हुन सकेको छैन । नेपाल विद्युत प्राधिकरण इलाम वितरण केन्द्रले विद्युत आपुर्ति बन्द हुनाको कारण समेत हालसम्म पत्ता लगाउन सकेको छैन ।

कार्यालयले हालसम्म फल्ड पत्ता लाग्न नसकेको जानकारी दिएकाे छ ।  इलाम शव स्टेसनबाट सदरमुकाम वितरण गरिएको मुख्य लाइनमा समस्या रहेको बताइएकाे छ । विहानदेखि विद्युत नियमित बनाउन साँखेजुङ तिरबाट आएको विद्युत आपुर्ति गर्न पहल गरिएको विद्युत कार्यालय भनाई छ । तर पटक पटक विद्युत आपुर्ति बन्द हुने समस्या भइरहेको छ ।

इलाममा बिद्युत नआउँदा सञ्चारकर्मीलाई समेत असर परेको छ । जिल्लामा सञ्चालित इलेक्ट्रोनिक्ससँग सम्वन्धी कार्यालय तथा संघसस्थाका कामबारबाही प्रभावित सेवाग्राही मारमा परेका छन् । बिशेष गरेर राहदानी बनाउन आउने सेवाग्राहीले फोटो खिच्न समस्या भएको भन्दै दुइदिनसम्म सदरमुकाम आएर बस्नु पर्ने बताउने गरेका छन् । बिद्युत आपूर्ती बन्द भएपछि बैंक तथा वित्तिय संस्थाहरु केहीले भने जेनेरेटर जडान गरी सेवा दिइरहे पनि महंगो भएको गुनाशो छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार