इलाम नगरपालिकाका नवनिर्वाचित मेयर थापाद्वारा पदभार ग्रहण, कर छुटदेखि श्वास्थ्य हेल्प डेक्स सन्चालन गर्ने प्रतिवद्धता

  नयाँ बुलन्द
3.2k Shares

इलाम : इलाम नगरपालिकाका नवनिर्वाचित मेयर केदार थापाले सोमबार पदभार ग्रहण गरेका छन् । मेयर थापाले पदभार ग्रहण गर्दै ९ वटा निर्णयहरु कार्यन्वयन गर्ने पहिलो प्रतिवद्धता जनाएका छन् । पहिलो निर्णय नगरपालिका भित्र रहेका कडा रोगका बिरामी तथा दिर्घ रोगी र असाहय बिपन्न परिवारका बिरामीलाई सहयोगका लागि श्वासथ उपचार कोष खडा गर्ने , नगरपालिका बाट अशुल भईरहेको सम्पत्ति कर र मालपोतको प्रचलित दरमा १० प्रतिशत छुट गर्ने , ब्यबसाय कर अन्तरगत होटलमा १० प्रतिशत र अन्यमा ५ प्रतिशत छुट गर्ने कार्यशुची रहेको छ ।

यस्तै नगरमा २४ घण्टे नगरपालिका श्वासथ हेल्प डेक्स सन्चालन गर्ने लगायत बिभिन्न प्रतिवद्धता सहितको निर्यण गरेका छन् । उनले नगरपालिका कार्यालय र वडाहरुमार्फत नागरिकले पाउने हरेक सुविधा चुस्तदुरुस्त र सुशासन प्रदान गर्न कर्मचारीहरु र निर्वाचित जनप्रतिनिधिहरुसंग अन्तरक्रिया समेत गरेका छन् ।

निर्वाचित भइसकेका सबै जनप्रतिनिधि जनताका साझा अभिभावक भएकाले शासक होइन सेवक भएर काम गर्नु पर्नेमा जोड दिंदै निर्वाचनमा खट्नु भएका निर्वाचन कार्यालयका सम्पूर्ण टिम,आम मतदाता लगायत सवै कर्मचारीलाई धन्यवाद ज्ञापन गरेका छन् ।

मेयर थापाले आम नगरिक,बुद्धिजीवी र वौदिक व्यक्तित्वको राय,सुझाव र सल्लाहलाई आत्मसाथ गरि जनताले अपेक्षा गरे अनुसारको समुन्नत र समृद्ध इलाम निर्माणलाई प्रथामिकतामा राखिने प्रतिवद्धता जनाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार