इलाम नगरपालिकाका जनप्रतिनिधिद्वारा पदभार ग्रहण

इलाम : इलामको इलाम नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले पदभार ग्रहण गरेका छन् । नगर प्रमुख केदार थापाले सोमवार निर्वाचित जनप्रतिनिधिलाई सपथ गराएसंगै उनीहरुले पदभार ग्रहण संगै कार्य भार सम्हालेका हुन् । नेपाली कांग्रेसका तर्फबाट नगरप्रमुखमा निर्वाचित थापाले उप प्रमुख बिष्णु कुमारी दाहाल लिम्बु सहित १२ वटा वडाका वडाध्यक्षसहित सदस्य , महिला सदस्य र दलित महिला सदस्यलाई सपथ ग्रहण गराएका हुन ।

पदभार ग्रहण पश्चात नगरप्रमुख थापाले नगरको विकास र समृद्धिका लागि सबैसँग सहकार्य गर्दै अगाडि बढ्ने तथा स्वास्थ्य कृषि लगायतका वस्तुलाई प्राथमिकताकासाथ अगाडि बढाइने बताए । कार्यक्रममा नगर प्रमुख र उपप्रमुखमा उम्मेदवार बनेका राजनीतिक दलका प्रतिनिधिहरुले पनि शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ का उधोग श्रम तथा रोजगार मन्त्री प्रताब प्रकाश हाङनाम , प्रमुख प्रशासकीय अधिकृत काली बहादुर भुजेल लगायतले नवनिर्वाचित जनप्रतिनिधीलाई स्वागत गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार