पाँचथरः फाकफोकथुम गाँउपालिकाका नवनिर्वाचित अध्यक्ष दिपेन्द्र खनालले सोमबार पदभार ग्रहण गरेका छन् ।
अध्यक्ष खनालले पदभार ग्रहण गर्दै तीन वटा निर्णयहरु कार्यन्वयन गर्ने पहिलो प्रतिवद्धता जनाएका छन् । पालिकाभित्र सम्पूर्ण फुसका छाना हालसम्म किन विस्थापित भएनन् त्यसको कारण खोजी एक वर्ष भित्रमा समस्या समाधान गर्ने, दोस्रो पालिका केन्द्र आमचोकस्थित कार्यालय परिसर शुक्रबारे बजारको हिमाम्ये र धुलाम्मे क्षेत्रलाई कालोपत्रे बनाउने प्रकृया शुरु गर्ने र हप्तामा दुई दिन विदालाई कार्यान्वयन नगरी साविकको पद्धति लागु गरिने प्रतिवद्धता सहितको निर्यण गरेका छन् ।
उनले पालिका कार्यालय र वडाहरुमार्फत नागरिकले पाउने हरेक सुविधा चुस्तदुरुस्त र सुशासन प्रदान गर्न कर्मचारीहरु र निर्वाचित जनप्रतिनिधिहरुसंग छोटो अन्तरक्रिया समेत गरेका छन् ।
निर्वाचित भइसकेका सबै जनप्रतिनिधि जनताका साझा अभिभावक भएकाले शासक होइन सेवक भएर काम गर्नु पर्नेमा जोड दिंदै निर्वाचनमा खट्नु भएका निर्वाचन कार्यालयका सम्पूर्ण टिम,आम मतदाता लगायत सवै कर्मचारीलाई धन्यवाद ज्ञापन गरेका छन् ।
आम नागरिक,बुद्धिजीवी र वौदिक व्यक्तित्वको राय,सुझाव र सल्लाहलाई आत्मसाथ गरि जनताले अपेक्षा गरे अनुसारको समुन्नत र समृद्ध पालिका निर्माणलाई प्रथामिकतामा राखिने प्रतिवद्धता जनाएका छन् ।