इलाममा जिल्ला समन्वय समिति गठनमा समस्या

  नयाँ बुलन्द
22.1k Shares

इलाम : अन्तिम मतपरिणाम आएसँगै इलाममा जिल्ला समन्वय समिति गठनमा समस्या देखिएको छ । १० स्थानीय तह रहेको जिल्लामा समन्वय समिति गठनका लागि ११ जना मतदाता आवश्यक पर्छ । तर इलाममा कुनै पनि पार्टीले आवश्यक बहुमत प्राप्त गर्न सकेन ।

स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्ने जिल्ला समन्वय समितिका लागि इलामबाट २० प्रमुख र उपप्रमुख छन् । नेकपा एमालेले १० जना पालिका प्रमुख/उपप्रमुख जित्दा नेपाली कांग्रेसले ७ पालिका प्रमुख/उपप्रुमख जितेको छ । त्यस्तै  नेकपा (एकीकृत समाजवादी) ले २ पालिका प्रमुख/उपप्रमुख जितेको छ भने जनता समाजवादी पार्टीले १ पालिका उपप्रमुख जितेको छ ।

११ जना मतदाता भए बहुमत पुग्नेमा कुनै दल सँग ११ जना नपुग्ने भएपछि जिल्ला समन्वय समिति गठबन्धनबाट मात्र बन्ने भएको छ । एमाले बाहेक अन्य सबै दलको गठबन्धन हुँदा समेत जिसस गठन हुने अवस्था छैन । तर एमालेलाई कुनै पनि एक दलले सहयोग गरेमा जिसस गठन हुन सक्छ । सोही कसरतमा एमाले लागेको छ । उसले जिसस प्रमुख पाउनका लागि जनता समाजवादी पार्टीसँग अनौपचारिक छलफल समेत सुरु गरेको बुझिएको छ ।

यसरी बन्दछ जिल्ला समन्वय समिति

नेपालको संविधानको धारा २२० मा नगरसभा र गाउँसभा गठन भएको ३० दिनभित्र सम्बन्धित जिल्लामा जिसस गठन गरिसक्नुपर्ने प्रावधान छ । गाउँ, नगरका प्रमुख तथा उपप्रमुखले मात्र मतदान गर्न पाउने व्यवस्थासहित त्यस्तो समिति गठन गर्ने व्यवस्था संविधानमा छ ।

एक प्रमुख, एक उपप्रमुख, कम्तीमा तीन महिला सदस्य र कम्तीमा एक दलित वा अल्पसंख्यक रहने गरी बढीमा ६ देखि ९ सदस्यसम्मको समन्वय समिति रहने व्यवस्था छ ।

जिल्लाभित्रका गाउँपालिका, नगरपालिकाबीच समन्वय गर्ने, विकास निर्माणको कामको अनुगमन तथा संघ र प्रदेशअन्तर्गतका सरकारी कार्यालयको अनुगमन गर्नेजस्ता काम समितिले गर्न पाउँछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार