न सांसद रहे, न मेयर बने !

  नयाँ बुलन्द
7.1k Shares

इलाम : प्रदेश १ को प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएर मेयरमा चुनाव लडेका नेकपा (एमाले) का नेता काजीमान कागते पराजित भएका छन् ।

कागते इलामको सूर्योदय नगरपालिकाको मेयरमा चुनाव लडेका थिए । उनलाई नेकपा (एकीकृत समाजवादी) का रणबहादुर राईले पराजित गरेका हुन् । गठबन्धनका तर्फबाट उम्मेदवार बनेका राई १२ हजार ४ सय ३१ मत ल्याएका छन् ।

उनका निकटतम प्रतिष्पर्धी एमालेका कागतेले १० हजार ५ सय ७९ मत मात्र पाए । राई २०७४ को निर्वाचनमा पनि तत्कालिन एकालेको तर्फबाट मेयरमा निर्वाचित भएका थिए ।

प्रदेशसभाबाट सुविधा पाइरहेका कागेत मेयर बन्न राजिनामा दिए तर पराजित भएपछि विचल्लीमा परेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार