इलामको सूर्योदयलाई नमूना नगर बनाउन मेयर राईले गरे आठ योजना सार्वजनिक

  नयाँ बुलन्द
952 Shares

इलाम : इलामको सूर्योदय नगरपालिका मेयरमा नेकपा एस र उपमेयरमा कांग्रेस विजयी भएका छन्। निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत सूर्योदय नगरपालिका मेयरमा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी उम्मेदवार रनबहादुर राई १२ हजार ४ सय ३१ मत ल्याई विजयी भएका हुन् ।

उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी एमाले उम्मेदवार काजीमान कागतेलाई १ हजार ८ सय ५२ मतान्तरले पराजित गरेका हुन् । पराजित काजीमान कागतेले १० हजार ५ सय ७९ मत ल्याएका छन् ।

यस्तै उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार दुर्गाकुमार बराल ११ हजार ८ सय ५४ मतसहित विजयी भएका छन्। उनकी निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी एमालेकी उम्मेदवार दुर्गादेवी भट्टराईले ९ हजार १ सय २२ मत ल्याएकी छन्।

-अन्नपूर्णबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार