माई नगरपालिकाका नवनिर्वाचित मेयर खम्बसिंह लिम्बूद्वारा पदभार ग्रहण,स्वास्थ क्षेत्र पहिलो प्राथमिकतामा

  बुधराज लिम्बू योङ्हाङ
1.3k Shares

इलाम : इलामको माई नगरपालिकाका नवनिर्वाचित मेयर खम्बसिंह लिम्बूले शुक्रबार पदभार ग्रहण गरेका छन।

मेयर लिम्बुले पदभार ग्रहण गर्दै स्वास्थ्य क्षेत्र अन्तरगत तत्काल चिसापानी र महमाई क्षेत्रमै २ वटा एम्बुलेन्सको व्यवस्थापन नगरले गर्ने प्रतिबद्धता पत्रमा हस्ताक्षर गरे । उनले माई नगरलाई नेपालकै नमूना नगर बनाउन प्रयासरत रहने र आफू भष्टचार नगर्ने र भष्टाचार गर्ने पनि नदिने प्रतिबद्धता गरेका थिए।

उनले सेवाग्राहीलाई हैरान मुक्त गर्न र अपाङ्ग मैत्री बनाउन विगतका प्रमुखले बस्दै आएको ४ तले नयाँ प्रशासकीय भवनमा नबस्ने भन्दै २०७४ मा निर्वाचित मेयरले शुरुमा बसेको पुरानो दोस्रो भवनको भूई तल्लामै रहि आफ्नो कार्यकाल पूरा गर्ने समेत वचन दिएका थिए ।

यसै विच उपमेयर, वडा अध्यक्ष लगायत अन्य निर्वाचित सदस्यहरूको शपथ आगामी बुधबार मेयर लिम्बुद्वारा गराइने जनाइएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार