घोषणामै सीमित हुने भो, ‘तलबसहितको विदा योजना’    

  निनाम लोवात्ती
245 Shares

हालसम्म ‘नोभेल कोरोनाभाइरस’ पूरै हराएर जाने अथवा कम हुनुको सट्टा् आप्mनो रुप परिवर्तन गर्दै स्थाई प्रकारले (एचआईभी एडस् जसतै) रहीरहने जस्तो देखिन्छ । हालसम्म यसको स्थाई उपचारविधि र औषधि–मूलो पनि पत्ता लागेको छैन । के भनिन्छ भने, अब यो नोभेलकोराना भाइरस एचआईभी/एड्स जस्तै दीर्घकालसम्म रहिरहने छ ! यो भनाइ भाइरल रोग विज्ञ/विषय विज्ञहरुको हो । यसरी हेर्दा विगत दुई वर्षभन्दा बढी समयदेखि ‘नोभेल कोरोनाभाइरस’को माहामारीका कारण विश्वभरि नै अन्य उद्योग–व्यवसयास जस्तै पर्यटन उद्योग र पर्यटकीय गतिविधि पनि लगभग ठप्प भएको अवस्था छ । त्यसैले नेपालको आन्तरिक पर्यटन प्रवद्र्घन गर्न र चलायमान बनाउन भनी सरकारले ‘निजामती कर्मचारीलाई १० दिनको तलबसहित काजमा विदा दिएर आन्तरिक पर्यटन वृद्घि गर्ने भनी नीतिगत निर्णय लिएको थियो । तर, तत्कालीन सरकारले गरेको ‘निजामती कर्मचारीलाई १० दिनको तलबसहित काज विदा दिएर नेपालको आन्तरिक पर्यटन वृद्घि गर्ने सो नीति अहिलेसम्म व्यवहारमा लागू भएको छैन । जबकि अब आर्थिक वर्ष २०७८/०७९ बाँकी अवधि लगभग दुई महिना मात्रै बाँकी रहेको अवस्था छ । तापनि तालुकवालाहरुले यसको प्रस्ट्याउन सकेका छैनन् ।

नेपालको आन्तरिक पर्यटन प्रवद्र्घन गर्नका लागि नेपाल सरकारका निजामती कर्मचारीहरु मात्रै नभएर नेपाली सेना, जनपद प्रहरी, सशस्त्र प्रहरी, संस्थान, निगम, सरकारी विद्यालय, निजी विद्यालय, कलेज, क्याम्पस, विश्वविद्यालयका शिक्षक, प्राध्यापक वा प्रोफेसर, इीन्स्टच्युटका प्रशिक्षक, नेपालस्थित कूटनीतिक नियोग, दातृ निकाय, आईएनजिओ, लोकल एनजिओ, निजी कम्पनी, उद्योग, कल–कारखाना, व्यापारिक घराना आदिमा काम गर्ने सबै कर्मचारीलाई समेटेर नेपालको आन्तरिक पर्यटनलाई वृहद ढंगले योगदान गर्न प्रोत्साहन गर्ने नीति सरकारले ल्याउनुपर्ने देखिन्छ । सन् २०१९ को डिसेम्बर अन्तिम ताका छिमेकी देश चीनको दक्षिण पूर्वी राज्य हुपेईको राजधानी वुहान सहरबाट पैmलिन सुरु भएको ‘नोभेल कोरोनाभाइरस’/‘कोभिड १९’ महामारीका कारण धरासायी बनेको नेपाली पर्यटनलाई आन्तरिक पर्यटनले थोरै भए पनि टेवा दिने उदेश्यले लिएर नेपाल सरकारले नेपाल सरकारका ‘निजामती कर्मचारीलाई १० दिनको तलबसहित काजमा विदा दिएर आन्तरिक पर्यटन वृद्घि गर्ने भनी व्यवस्था गरेका लगभग एक वर्ष पुग्नै आँट्दा पनि कार्यन्ययनमा नअएको भन्ने त माथि नै उल्लेख भएको छ । साथै अहिलेसम्म सो कार्य योजनाका सम्बन्धमा बनेको कार्यविधि केकति कारणले स्वीकृत नभएको हो, अथवा अड्केर बसेको हो ? कसैले भन्न सकेका छैनन् ।

हुन त पर्यटनकै कुरो गर्दा संयुक्त राष्ट्र संघको मातहतमा रहेको ‘वल्र्ड टुरिज्म अर्गनाइजेसन अर्थात् छोटकरीमा डब्लुटिओ’ भनिने संस्थाले  विश्व पर्यटन सम्बन्धी पछिल्लो प्रतिवेदनमा सार्वजनिक गरेअनुसार ‘सन् २०२० को पहिलो तीन महिनाको तुलनामा सन् २०२१ को पहिलो तीन महिना जनवरी, फेब्रुअरी र मार्च महिनामा विश्व भ्रमण गर्ने पर्यटकको संख्या ७३ प्रतिशतले कमी आएको थियो । सो प्रतिवेदनअनुसार सन् २०२१ मा सबैभन्दा धेरै असर एसिया प्रशान्त (एसिया प्यासिफिक) क्षेत्रमा परेको थियो । सन् २०२१ को पहिलो तीन महिनाको जनवरी, फेब्रुअरी र मार्च महिनामा एसिया प्रशान्त क्षेत्रमा भ्रमण गर्ने पर्यटककको संख्या सन् २०२० को पहिलो तीन महिनाको तुलनामा ९४ प्रतिशतले कमी रहेको थियो । त्यस्तै डब्लुटिओको सो प्रतिवेदनअनुसार सन् २०२१ प्हिलो तीन महिनामा एसिया प्रशान्त क्षेत्रपछि युरोपमा ८३ प्रतिशतले पर्यटकको कमी आएको थियो । त्यस्तै सन् २०२१ को पहिलो तीन महिनामा अफ्रिका महदेशमा ८१ प्रतिशतले पर्यटकको कमी आएको थियो भने सन् २०२१ के पहिलो तीन महिनामा मध्य–पूर्व क्षेत्रमा ७८ प्रतिशतले र उत्तर अमेरिका महादेशमा सबैभन्दा कम अर्थात् ७१ प्रतिशत पर्यटकले भ्रमण गरेका थिए ।

विश्वका प्रायः सबै देशमा बाह्य पर्यटन यस्तो धरमरको स्थिति रहेको भए तापनि चीन, रुस, अष्ट्रिया, अमेरिका ब्राजिल, भियतनाम, मलेसिया, जापान, दक्षिण कोरिया, मकाउ, जर्मनी, फ्र्रान्स, पोर्चुगल, न्यु जिल्यान्ड, बेल्जियम, चेक गणतन्त्र, साउदी अरब, युनाइटेड अरब ईमिरेट्स (युएई), टर्की, बेलारुस, युक्रेन, फिनल्यान्ड, डेनमार्क, नर्बे, मालिदभ्स्, साईप्रस, ओमान, बहराइन, थाईल्यान्ड, इटली, हङकङ आदि देशका सरकारले भने आप्mना देशका नागरिकहरुलाई आप्mने देशमा आन्तरिक पर्यटकको रुपमा भ्रमण गर्न प्रोत्साहन गरेका थिए/छन् । यसरी ती देशहरुले आन्तरिक पर्यटनलाई अझ बढी महत्व दिएर, आप्mनै देशभित्रको पर्यटकीय महत्व र प्राकृतिक महत्वका विशेष ठाउँहरु जस्तै, ऐतिहासिक महत्वका ठाउँहरु, सांस्कृतिक महत्वका स्थानहरु, डाँडो, किल्ला (फोर्ट), अनेक सम्पदा रहेका ठाउँहरु, प्राचीन महत्व बोकेका स्थल तथा स्मारक लगायतमा घुमफिर गर्न प्रोत्साहन गरेर आन्तरिक पर्यटनलाई सकेसम्म चलायमान बनाएका छन् । यस्तो खालको आन्तरिक पर्यटन/भ्रमण कार्यले केही हदसम्म भए पनि ती देशको आर्थिक गतिविधि चलायमान हुनमा सहयोग पुगेको भन्नेछ,  भनाइ रहेको पर्यटन सम्बन्धमा विज्ञता हासिल गरेका विज्ञहरुको ।

हाम्रो देश नेपाल पनि धार्मिक, सांस्कृतिक, प्राकृतिक, भगौलिक, जातीय, भाषिक आदि विविधताले भरिपूर्ण देश हो । तर, यसका महत्व नबुभ्mने केही ‘पट–मूर्खहरुले !’ भने धार्मिक, सांस्कृतिक, प्राकृतिक, भगौलिक, जातीय, भाषिक आदि विविधताको कुरो गर्यो वा लेख्यो कि, एकतर्फी ढंगले साम्प्रदायीक ! भन्ने/लेख्ने गरेको देखिन्छ । जुन सरासर गलत बुझाइ र लेखाइ हो भनी ठोकेर भन्न सकिन्छ ।

जे होस्, नेपाल केवल धार्मिक, सांस्कृतिक, प्राकृतिक, भगौलिक, जातीय, भाषिक आदि विविधताले भरिपूर्ण मात्रै नभएर वन्य–जन्तु अवलोकन, चरा पर्यटन, हिमाल आरोहण, पदयात्रा, चट्टान आरोहण, बेलुनिङ, प्याराग्लाईडिङ, बञ्जी जम्पिङ, जिप प्mलायर, र्याप्mटिङ, कायाकिङ, साइक्लिङलगायत अन्य साहसिक पर्यटकीय गतिविधिका लागि पनि प्रचुर संभावना भएको देश हो । त्यस्तै ऐतिहासिक महत्वका ठाउँहरु जस्तै पूराना दरबार, गढी, किल्ला, दुर्ग, प्राकृतिक रुपमै बग्दै आएका झरना, छहरा, छाँगालगायत अन्य स्थानहरुमा भ्रमण गर्न जानका लागि पनि सरकारले सरकारी कमृचारीका साथे सर्वसाधारण नागरिकहरुलाई प्रोत्साहन गर्न सक्छ । त्यसैले जहाँ अड्केको भए पनि ‘सरकारी कर्मचारीलाई १० दिनको तलबसहित काजमा विदा दिने नीति तुरुन्तै लागू गर्नुपर्ने देखिन्छ । यसले नेपालको आन्तरिक पर्यटन वृद्घि गर्ने पकका जस्तै छ । तर, नेपाल सरकारका निजामती कर्मचारीहरुले सरकारको सो सहुलीयत र सेवा सुविधालाई दुरुपयोग नगरुन् भन्नाका लागि उनीहरु (निजामती कर्मचारी) जुन क्षेत्रको भ्रमणमा जान्छन्, सो क्षेत्रको सक्कली र नयाँ फोटा, भिडियो क्लिप, होटल वा लजमा बसेको, खाना र, खाजा खाएको बिल भर्पाई आदि पनि आपूm कार्यरत कार्यलयमा निश्चित समय सीमाभित्र पेश गर्नैपर्ने वाध्यतामक व्यवस्था पनि लागू गर्नुपर्छ । अन्यथा देशको कुनै ठाउँमा घुम्न जाऊन् नेपालको आन्तरिक पर्यटनको विकासमा टेवा दिऊन् भनी सरकारले दिएको सहुलियत र सदाशयलाई ससुराली घर, मामा घर, आफन्तको घर, नातागोताको घर घुम्न जाने अथवा घरैमा जुवातास खेलेर बस्ने, गर्लफ्रेन्ड/ब्याईपे्रmन्ड घुमाउन गएर समय खेर फाल्न बेर छैन !

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार